“चिनियाँ प्रस्ताव” विश्व विकास पहललाई कार्यन्वयन गर्ने
2022-06-18 21:00:08CRI
Share with:

जुन १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २५ औँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको पूर्ण बैठकमा भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। इजिप्ट “अल-अहराम” अखबारका उपसम्पादक तारेक एल्सनोटीले उक्त सम्बोधनबारे टिप्पणी गर्दै “सम्बोधनमा राष्ट्राध्यक्ष सीको पहलले वर्तमान विश्व सामु देखा परेको विश्वव्यापी संकटका लागि समाधान उपाय दिएको” कुरा बताउनुभएको छ। उहाँको विचारमा, सम्बोधनबाट बहुपक्षीयता र पूरै मानवजातिको साझा मूल्यको साकार गर्ने चीनको अविच्छिन्न धारणा देखाइएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले “विश्व विकास पहलको कार्यान्वयनलाई बढाएर शान्तिपूर्ण, समृद्धि तथा सुन्दर भविष्यलाई साझा निर्माण गर्ने र बाँड्ने” विषयमा जोड दिनुभयो। त्यसका लागि उहाँले  चार बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभयो।

 “विश्व विकासपहल” सन् २०२१ सेप्टेम्बर ७६ औं राष्ट्र संघीय महाधिवेशनको सामान्य वहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नु भएको हो। त्यसको मुख्य विषय विकास प्राथमिकता, जनता केन्द्रित, साझा फाइदाजनक तथा समावेशी, नवाचारबाट संचालित, मानव र प्रकृति बीचको सामंजस्यपूर्ण सहअस्तित्व, र कार्यमुखी विश्व विकासका लागि भाग्य समुदायको निर्माण हो। यो पहलले संयुक्त राष्ट्र संघ र एक सयभन्दा बढी देशबाट प्रतिक्रिया तथा समर्थन पाएको छ।

हाल महामारी, अन्तर्राष्ट्रिय परिस्थिति अशान्तिलगायत कारणले राष्ट्र संघको सन् २०३० दिगो विकास एजेन्डामा पहिला देखा नपरेको चुनौती देखिएको छ। यस्तो पृष्ठभूमिमा राष्ट्राध्यक्षको पहलको कार्यान्वयन बढाउन आह्वान र ठोस सुझावले महमारीपछि विश्व, विशेष गरी विकासोन्मुख मुलुकको पुनर्रूत्थानलाई शक्ति दिनेछ।

“सबै देशहरूले सँगसँगै हाम्रो युगमा देखापरेको ठूलो चुनौतिको सामना गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले धेरैपटक जोड दिनुभयो। यदि सबैले यो महसुस गरेर चुनौतीको सामना गर्यौं भने मात्र हामीले सामाजिक असमानता कम हुने संसार पाउन सक्छौँ।" ब्राजिलका अर्थशास्त्री रोन्नी लिन्सले भन्नुभयो।  

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चबाट फैलिएको चिनियाँ आवाजले विश्व विकास पहलको कार्यान्वयनलाई बढाउन चीनसँग अवधारणा मात्र नभइ निरन्तर रूपमा व्यावहारिक गतिविधि चल्ने व्यक्त गरेको छ।