पिता दिवसमा चिनियाँ कलाकार हानको विशेष कोसेली
2022-06-19 15:57:52cri
Share with:

जुन १९ तारिख पिता दिवस हो। यसै घडीमा प्रसिद्ध चिनियाँ कलाकार हान मैलीनले ‘कडा नम्रता’ भन्ने कृति कोसेली स्वरूप प्रदान गर्नुभएको छ।

उहाँको यस कृति माटोबाट बनाइएका बाक्लो हिउँदे लुगाको रूपसँग जोडिएको छ। हेर्दाखेरी निकै न्यानो र नम्र महसुस हुन्छ भने हातमा राख्दा कडा र भारी अनुभव भएकाले यस्तो अनुभव पिताको माया जस्तै लामो समयसम्मको दैनिक परीक्षणमा पार भएतापनि निकै प्रगाढ हुन्छ।

८६ वर्षीय कलाकार हानले सिर्जना गर्नुभएको यस कृतिमा लेखिएका अक्षरको आकारका बुट्टाहरू नै उहाँले दशकौं वर्षसम्म प्राचीन चिनियाँ अक्षरको अध्ययन गरेपछि सिर्जना गर्नुभएको हो।