सी चिनफिङ र उहाँका बुबा बीचको कथा
2022-06-19 15:37:07cri
Share with:

जुन १९ तारिख पिता दिवसका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँका बुवा सी चोङस्युन बीचको कथाबारे चर्चा गरौं।

सी चिनफिङको जीवन, कार्य र अरूसँगको व्यवहार आफ्ना बुबाको गहिरो सद्भावबाट प्रभावित छन्।

बुबा सी चोङस्युन ‘सर्वसाधारणबाट आउनुभएका चिनियाँ नेता हुनुहुन्थ्यो’। बुबाको प्रभावमा सी चिनफिङले सर्वसाधारणमाझ रहन र जनताको सेवा गर्न सिक्नुभयो।

बुबा सी चोङस्युनले छोराछोरीलाई खाद्यान्न बचत गर्न सिकाउनुहुन्थ्यो। कठिन जीवन बिताउनुभएका सी चिनफिङले फुच्यान प्रान्तमा काम गर्दा हरेक दिन साइकलद्वारा जाने आउने गर्नुहुन्थ्यो।

सी चिनफिङको आँखामा परिवार जीवनको पहिलो विद्यालय हो र आमाबुबा छोराछोरीका प्रथम शिक्षक हुन्। परिवारको कक्षाकोठामा सीले जीवनभरिका लागि मूल्यवान ज्ञान पाउनुभयो। सोही ज्ञानबाट उहाँमा सधैँ जनताको सेवा गर्ने भावना रहेको छ।