नयाँ स्मार्ट सिँचाइ प्रविधिले चीनको अन्नबालीमा बृद्धि
2022-06-19 18:50:41CRI
Share with:

चालु वर्ष, चीनको हनान, शानतोङ र हपेई जस्ता प्रमुख अन्न उत्पादन क्षेत्रहरूमा लगभग ७ लाख हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिनमा नयाँ स्मार्ट सिँचाइ प्रविधिको प्रयोग गरिएको छ। जसबाट स्थानीय अन्नबाली भित्र्याइएको मात्रालाई बढाएको छ। स्मार्ट सिँचाइ प्रविधिको प्रयोग गरेपछि प्रति हेक्टरमा थप १५ प्रतिशतले अन्नबाली उत्पादन भएको साथै २० देखि ३० प्रतिशतले पानीको बचत भएको छ। यसले गर्दा खानेपानी र अन्नबाली दुवैको सुरक्षालाई सुनिश्चित गरिएको छ।