फु च्यान प्रान्तको स्वतन्त्र व्यापार क्षेत्रमा कार्यरत स्पेनेली युवाको कथा
2022-06-20 17:20:16cri
Share with:

विदेशका लागि खुला रहेको र अग्रस्थानमा रहेको फु च्यान प्रान्तको सदरमुकाम फु चौ शहरले विदेशीहरुलाई यहाँ स्वरोजगारी गर्न र बसोबास गर्न आकर्षण गरेको छ। स्पेनेली युवा हुङ वै तीमध्येका एक हुन्। विश्वविद्यालयबाट स्नातक भएपछि उनले स्पेनबाट चीन आएर फु च्यान प्रान्तको स्वतन्त्र व्यापार क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार गर्दै आएका छन्। उनको मनमा स्वरोजगारी तथा बसोबास गर्न फु चौ शहर उपयोगी ठाउँ हो।

 

मेरो नाम डेभिड हो र मेरो चिनियाँ नाम हुङ वै हो। म स्पेनबाट सन् २०११ मा फु चौ आएको हुँ। त्यस बेला मेरो साथीले मलाई फु चौमा काम गर्न सिफारिस गरेका थिए। मेरो छनौट ठीक लागेको छ।

 

हुङ वै अहिले फु च्यान स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत फु चौ शाखामा काम गर्छन्। उनी यहाँ अन्तर्राष्ट्रिय व्यापार गर्छन्।

 

फु च्यान स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत फु चौ शाखाको स्थापना ७ वर्षअघि भएको हो। विगतमा स्वतन्त्र व्यापार क्षेत्रले वैदेशिक व्यापारका लागि प्रदान गरेको सुविधाजनक सेवा हुङ वैको मनमा गहिरो छाप परेको छ। फु चौमा काम गर्नखोज्ने विदेशीहरुका लागि स्वतन्त्र व्यापार क्षेत्रले धेरै सुविधाजनक कदम चालेको छ।

 

स्वतन्त्र व्यापार क्षेत्रमा काम पनि छिटै हुने गरेको जस्तो लाग्छ, मलाई । उदाहरणका लागि मेरो भिसा र यहाँ बस्न आवश्यक प्रक्रिया मिलाउने काम मात्र तीन चार दिनमा पूरा भएको थियो। म पहिलो चोटी फु चौ आउँदा खेरि भिसा मिलाउन ३ महिना लागेको थियो। तथापि अहिले धेरै छिटै छ। अर्को भनेको पहिले हरेक वर्ष भिसा थप्नु पर्थ्यो, अहिले एक पटक पाँच वर्षका लागि पाइन्छ। साथै आवश्यक सामग्रीहरू इन्टरनेटबाट पेश गर्न सहज छ।

 

हुङ वैले फु चौमा दश वर्ष बिताइसकेका छन्। साथै उनी राम्रो चिनियाँ भाषा पनि बोल्छन्। फु चौबारे धेरै जानकारी रहेको तथा कामकाज पनि स्थिर रहेकोले उनले आफ्नो भविष्यकालागि स्पष्ट योजना बनाएका छन्। उनले फु चौमा आफ्नो सपना साकार तुल्याने विश्वास गर्छन्।

 

शुरुमा यहाँ आउँदाखेरी कुन क्षेत्रमा काम गर्ने म त्यति स्पष्ट थिइन, तर अहिले मेरो विचार स्पष्ट हुँदैगएको छ। अहिले हाम्रो आयात र निर्यात परियोजना स्थिर छ, त्यसैले त्यसको विकास राम्रो छ। भविष्यमा म आयात र निर्यात पक्षमा अरु बढी व्यवसाय खोज्ने छु, विदेशी मार्काहरु चीनमा भित्र्याउने र चिनियाँ मालसामानहरु विदेशमा पठाउने छु।

 

हाल जाडो सकेर मौसम न्यानो हुँदै आएको परिप्रेक्षमा आममानिसहरु फु चौका विभिन्न पार्कहरु घुम्ने गर्छन्। फुर्सदमा हुङ वै पनि आफ्नो परिवारको साथमा पार्क घुमेर यस शहरको आकर्षणको अनुभव लिने गर्छन्।

 

हामीलाई पार्क घुम्नुका साथै पहाड चढ्न मनपर्छ। यो ठाउसँग अभ्यस्त भएपछि हामीलाई हाम्रो घर यहीँ हो जस्तो लागेको छ।