परराष्ट्र मन्त्रालयको एशिया-अफ्रिका विभागका प्रमुखद्वारा इजिप्टको भ्रमण
2022-06-20 19:30:27cri
Share with:

इजिप्टको भ्रमणमा रहनुभएका चीनको परराष्ट्र मन्त्रालयको एशिया-अफ्रिका विभागका प्रमुख वाङ तीले १६ तारिख काइरोमा आयोजित चिनियाँ र विदेशी पत्रकार सम्मेलनमा चीन अरब सम्बन्ध, चीन अमेरिका सम्बन्ध र रूस उक्रेन परिस्थितिबाट मध्य पूर्वलाई ल्याइने प्रभाव लगायतका विषयहरूबारे जानकारी दिनुभएको छ।

 

प्रमुख वाङले सोही दिन इजिप्टेली विदेश मन्त्रालयको एशियाली मामिला सम्बन्धी सहायक मन्त्री कार्मिलसँग वार्ता गर्नुबाहेक अन्तर्राष्ट्रिय राजनीतिक मामिला सम्बन्धी अरबेली मुलुक संघका सहायक महासचिव हार्लिलसँग भेटघाट गर्दै बेग्ला बेग्लै गरी चीन इजिप्ट सम्बन्ध, चीन अरब सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे वैचारिक आदान प्रदान गर्नुभएको छ।

 

त्यसै दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख वाङले हाल मध्य पूर्वी मुलुकको ध्यानाकर्षणको विषय अर्थात् मध्य पूर्वी सुरक्षा र स्थिरतालाई साकार तुल्याउने ५ बुँदे प्रस्तावबारे प्रतिकृया पनि जनाउनुभएको छ।