अवसर विहीन तथा अपांगता भएका बाल-बालिकाहरु सम्बन्धी विविध कार्यक्रमहरु
2022-06-22 18:12:00cri
Share with:

बाल-बालिकाहरु स्वस्थ रुपमा हुर्कनु परिवार तथा समाजका लागि निकै महत्वपूर्ण छ। चिनियाँ समाजले पहिलेदेखि नै बाल-बालिकाहरु, विशेष गरी अवसरविहीन र अपांगता भएका बाल-बालिकाहरुलाई ध्यान दिंदै उनीहरुका लागि एउटा स्वस्थ तथा खुसीयालीमय वातावरण तयार गर्दै आएको छ।

 

जुन २२ तारिख चिनियाँ बाल-बालिका परोपकार दिवस हो। यस उपलक्ष्यमा चीनका विभिन्न ठाउँहरुले विविध कला तथा कल्याणकारी कार्यक्रमको आयोजना गरी बाल-बालिकाहरुलाई दयालु भावना प्रदान गरेका छन्।