कोभिड-१९ भाइरस वुहानको प्रयोगशालाबाट चुहिएको भन्ने डब्लुएचओका महाप्रबन्धकको भनाइ सम्बन्धी मिडियाको रिपोर्ट निराधार
2022-06-22 18:17:01cri
Share with:

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस घेब्रेएसुसले हाल गोप्य रूपमा युरोपेली पक्षलाई के बताउनुभएको छ भने नयाँ कोरोना भाइरस सम्भवत: चीनको वुहान प्रयोगशालाबाट चुहिएको रिपोर्ट कुनै मिडियाले जनाएको छ। यस विषयबारे विश्व स्वास्थ्य संगठनले चीनलाई के स्पष्ट पारेको छ भने महाप्रबन्धक टेड्रोसले कहिल्यै पनि खुला या गोप्य रूपमा यस्तो भनाइ सार्वजनिक गर्नुभएको छैन। उक्त रिपोर्टमा उल्लेखित विषय निराधार रहेकाले महाप्रबन्धक टेड्रोसले त्यस रिपोर्टका सम्पूर्ण विषयको पूर्णतः विरोध गर्नुभएको जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले २२ तारिख दिनुभएको छ।

 

२२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले सम्बद्ध प्रश्नको उत्तर दिँदै तथाकथित प्रयोगशालाबाट भाइरस चुहिएको भनाइ वास्तवमा चीन विरोधी शक्तिले राजनीतिक उद्देश्यलाई साकार तुल्याउनका लागि निकालेको झुट भएकाले कुनै पनि वैज्ञानिक आधार छैन भन्ने कुरा औंल्याउनुभएको छ।