छ पि भन्ने ठाउँमा आगो लगाएर शत्रुलाई हराएको कथा-1
2022-06-23 08:55:41cri
Share with:


चीनको इतिहासमा युद्धमा थोरैले धेरैलाई पराजित गरी विजयोत्शव मनाएका धेरै उदाहरणहरु छन। ती मध्ये तीन राज्यकालताका छ पि भन्ने ठाउँमा “आगो लगाएर शत्रुहरुलाई हराएको कथा”चिनियाँहरुमा व्यापक रुपमा प्रचलित छ। किनभने त्यसमा आजसम्म पनि मानिसहरुलाई रोचक र तर्कयुक्त प्राचीन कथाहरु समावेश छन।

      ईस्वी सम्वत दोस्रो शताब्दीको अन्त्यतीर शासनाधिकार केन्द्रिभूत गर्ने पूर्वी हान् राज-वंश पतनशील अवस्थामा पुग्यो र लामो समयसम्म युद्ध सरदारहरुका बीच युद्धको गंजागोल स्थितिमा छाउ छाउ, लिउ पै र सुन छ्युआनले क्रमश: मध्य चीन, पा शु र च्याङ तुङ क्षेत्रमाथि कब्जा जमाएमा थिए। ती मध्ये छाउ छाउ निकै शक्तिशाली थियो। सन् 208मा छाउ छाउले दक्षिणतीरको युद्ध अभियान शुरु गरे। परिणामस्वरुप लिउ पैलाई पराजित गरी महत्वपूर्ण सैनिक क्षेत्र चिङ चौका अधिकांश क्षेत्रलाई आफ्ना हातमा पारे। यसले गर्दा लिउ पैले वाध्य भएर आफ्ना सेनाला२ स्याआ खौ अर्थात अहिलेको हु पै प्रान्तको हान् खौमा तैनाथ गरे। एकैमुष्टमा लिउ पैलाई सखाप पार्ने छाउ छाउको कुचेष्ट थियो। यसका अतिरिक्त, सुन छ्युआनको अधीनमा रहेको च्याङ तुङ क्षेत्रलाई पनि गाभिने योजना उनले गरे। त्यसैकारण लिउ पै र सुन छ्युआनले संयुक्त रुपमा छाउ छाउको प्रतिकार गर्नथालेका थिए। त्यस बेला छाउ छाउले दुइ लाख भन्दा बढी सैनिकहरुको नेतृत्व गरी च्याङ लिङ“अर्थात अहिलेको हु पै प्रान्तमा पर्ने ]”नदीको बाटो हुंदै पूर्वतिर लम्कंदै गएर स्या खौसम्म पुगे। सुन छ्युआन र लिउ पैका संयुक्त सेनाका पचास हजार जना सिपाहीहरु नदीको प्रवाहको विपरित उत्तरतीर गएका थिए र छ पी “अर्थात अहिलेको हु पै प्रान्तको छ ची पहाड ”मा दुइ पक्षका बीच मुटभेड भयो। छाउ छाउका सैनिकहरु सबै उत्तरी क्षेत्रका बासिन्दाहरु भएका कारण जल-युद्ध गर्ने क्षमता नभएकाले लडाईंको शुरुमा हार खाएका थिए । त्यसैले छाउ छाउ पछि हटेर नदीको उत्तरी क्षेत्रमा बसेका थिए। छाउ छाउ र सुन छ्युआन तथा लिउ पैको संयुक्त सेनाका बीच नदी थियो। उनीहरु नदीको वारिपारि मुखामुख भएर बसेका थिए। छाउ छाउले हार खाएपछि आत्मसमर्पण गरेको चिङ चौका जनरल छाइ माउ र चाङ युनलाई उत्तरी क्षेत्रका सिपाहींहरुलाई जल युद्धको शैली सिकाउन आदेश दिए र त्यस क्रममा केही उपलव्धि पनि हासिल भयो। सुन छ्युआनका लागि सेनाको निर्देशन गर्ने सेनापति चाउ युले छाय माओ र चाङ युनको तालिम पाएर छाउ छाउका सेनाले जल-युद्धको कुशलता हासिल गरेकोमा चिन्ता व्यक्त गरेका थिए। त्यसैले चाउ युले कलहको बीउ छर्नखोजेका थिए। छाउ छाउले चाउ युको षडयन्त्रमा परेर छाइ माओ र चाङ युनमाथि आफ्नो सेनामा लुकिबसेका जासूस भएको दोष लगाएर दुबैजनालाई मारिदिएका थिए।

यो लेखलाई तीन भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।