युगको प्रश्नको जवाफ दिन चीन सक्षम
2022-06-23 20:35:41cri
Share with:

विश्व कतातिर जाने? शान्ति या युद्ध? विकास अथवा अधोगति? खुलापन वा बन्द? सहकार्य या प्रतिद्वन्दिता? जुन २२ तारिख राति आयोजित ब्रिक्स मुलुकको उद्योग वाणिज्य मञ्चको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत् गर्नुभएको सम्बोधनमा प्रस्तुत “युगको प्रश्न”बाट निकै ठूलो प्रतिकृया आएको देखिन्छ।

 

उक्त सम्बोधन ऐतिहासिक उचाईमा उभिँदा मानव जातिको हितकल्याणका लागि वास्तविक कदम चालिएको सम्बोधन नै हो। किन “युगको प्रश्न” प्रस्तुत गरिएको छ? किनकि हाल विश्वका जनता सामु युग सम्बन्धी कठिनाई र चिन्ता आइपरेको छ।

 

‘एकताबद्ध भएर सहकार्य गर्दै सँगै मिलेर विश्व शान्ति र स्थिरताको संरक्षण गर्नुपर्छ। एकले अर्काको ख्याल विचार र सहयोग गर्दै सँगै मिलेर विश्वको दिगो विकासलाई प्रबर्द्धन गर्नुपर्छ। हामीले एउटै डुङगामा बसेर सहकार्य र साझा जीतको लक्ष्यलाई साकार तुल्याउनुपर्छ। हामीले सहिष्णु धारणा लिँदै सँगसँगै खुलापन र मेलमिलापको विस्तार गर्नुपर्छ। हामीले साहस बोकेर चुनौतीको सामना गर्दै मानव जातिको भाग्य एकरूपताको निर्माण गर्ने लक्ष्यतिर हिँड्दै जानुपर्छ!’ राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुका साथै शान्तिको संरक्षण गर्ने र विकासलाई अघि बढाउने सकारात्मक संकेत पनि देखाउनुभएको छ। उहाँको भनाईबाट विभिन्न देशका जनताहरूको साझा मन्तव्य प्रतिबिम्बित गरिएकाले भावी विश्व विकासका लागि सही दिशा पनि देखाएको छ।