पूर्वाधारदेखि मनसम्म जोडिएर "बीआरआई" बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण
2022-06-23 09:07:06cri
Share with:


 

केही दिनअघि दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक सामानले भरिएको पहिलो दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल चिनियाँ सछ्वान प्रान्तीय छङ तु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहबाट काठमाडौँतर्फ प्रस्थान गरेको छ। यो रेल तिब्बतको चिलोङ बन्दरगाहमा पुगेपछि उक्त मालसामानहरू राजमार्गबाट कन्टेनर परिवहनमार्फत् गन्तव्य पुर्याइने छ। पहिलाको परम्परागत गाडी र समुद्री यातायात तरिकाको तुलनामा रेल-राजमार्ग संयुक्त यातायातको यो तरिकाले लगभग २० दिनको समय बचत गर्ने छ। यो अझै प्रभावकारी र छिटो यातायात च्यानल हो।

वास्तवमा, सछ्वान दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल सञ्चालन भएको पहिलो चिनियाँ प्रान्त होइन। सन् २०२० मे २२ तारिख पल्लो शानसी प्रान्तीय सिआन शहरबाट काठमाडौँसम्म पहिलो दक्षिण एसियाली मालवाहक रेल सञ्चालन भएको थियो। यो चीनबाट दक्षिण एसियाली देशसम्मको पहिलो मालवाहक रेल हो। त्यसपछि, सन् २०२१ डिसेम्बर २० तारिखदेखि सन् २०२२ मार्च ३० सम्म कान्सु, छिङहाई र लानचौले पनि नेपालका लागि दक्षिण एसिया राजमार्ग-रेलमार्ग रेलहरू क्रमशः सञ्चालनमा ल्याएका छन्। रेलमार्ग, राजमार्ग, बन्दरगाह आदिमा आधारित यस नेटवर्कको निर्माणले नेपाललगायत वरिरपरिका देशहरूबीच समान, पूँजी, सूचना, प्रविधि तथा मानिसको व्यवस्थित प्रवाह र अनुकूल व्यवस्थापनलाई तीव्रता दिएको छ। यसले अझै घनिष्ठ साझेदारी सम्बन्धको स्थापना गर्न र पारस्परिक लाभ र जीत हासिल गर्न भरपर्दो योगदान दिने छ।

सन् २०१३ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ड एण्ट रोड इनिसिएटिभ बीआरआई प्रस्तुत गर्नुभएयता यसबाट प्रशस्त उपलब्धिहरू हासिल भएका छन्। यस बीआरआईले विभिन्न मुलुकलाई साझा समृद्धिको अवसर प्रदान गरेको छ। जटिल अन्तर्राष्ट्रिय अवस्था र कोभिड महामारी आदि नकारात्मक कारक तत्वसमक्ष पनि यस वर्षको अघिल्ला ४ महिनामा चीन र बेल्ट एण्ट रोड वरिपरिका मुलुकबीचको आयात निर्यातमा कूल रकम ३९ खर्ब र ७० अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले वृद्धि भएको छ। बेल्ट एण्ट रोड सहयोगमा शक्तिशाली जीवन्त शक्ति देखाइएको छ।

उदाहरणको लागि बीआरआईको प्रतिष्ठित परियोजना चीन—लाओस रेलमार्गको सञ्चालन भएयता २२ लाख यात्रीको आवतजावत हुनुका साथै ढुवानी गरिएको मालसामानले थाइल्याण्ड, म्यान्मार, मलेसिया, कम्बोडिया, सिङ्गापुर आदि मुलुक र क्षेत्रसम्म ढाकेकोले वरिपरिको आर्थिक विकास र क्षेत्रीय साझा समृद्धिमा तीव्रता थपेको छ। चीन—लाओस रेलवै जस्तै चीन—थाइल्याण्ड रेलवै, हंगेरी—सर्बिया रेलवै, जकार्ता-बान्डुङ उच्च गति रेलवै, चीन—पाकिस्तान आर्थिक कोरिडर आदि मुख्य परियोजनामा पनि सक्रिय प्रगति हासिल भएको छ। बेल्ट एण्ट रोड वरिपरिका मुलुक बीच आपसी सम्पर्क अझै घनिष्ठ बनेको छ।

संयुक्त बेल्ट एण्ट रोडको निर्माण गर्ने विभिन्न मुलुकलाई अवसर र फाइदा ल्याइएको छ। उक्त प्रस्तावपछि चीन र वरिपरिका मुलुकको व्यापार रकम जम्मा १०० खर्ब अमेरिकी डलर पुगेको छ र चिनियाँ व्यवसायले १ खर्ब ४० अर्ब अमेरिकी डलरको प्रत्यक्ष लगानी गरी १६ हजार बढी व्यवसायको स्थापना गरेका छन्। यसबाट रोजगारीको सिर्जना भई साझा विकास गरिएको छ।

पूर्वाधार जोड्नेदेखि नियम र मापदण्ड जोड्ने र जनताको मन जोड्नेसम्म बेल्ट एण्ट रोडको निर्माण उच्च गुणस्तरीय, दिगो विकास, जनताको हितकल्याण पुर्याउने उद्देश्य लिँदै वरिपरि मुलुकका जनतालाई एउटा अझै सुन्दर र उज्यालो भविष्य उन्मुख बाटो तयार भइरहेको छ।