चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता
2022-06-24 17:42:57cri
Share with:

चीनले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पप्रति ध्यानाकर्षण भएको जनाएको छ। अघिल्लो चरणमा प्रदान गरेको राहतको आधारमा चीनले अफगानिस्तानलाई थप मानवीय सहायता प्रदान गर्नेछ।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज जुन २४ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

अफगानिस्तानमा गएको विनाशकारी भूकम्पबाट १५०० जना भन्दा बढीको ज्यान गएको छ। अफगानिस्तानको तालिबानका सर्वोच्च नेताले अन्तर्राष्ट्रिय समाजलाई भूकम्पबाट प्रभावित बासिन्दाहरुलाई राहत प्रदान गर्न आह्वान गर्नुभयो।

 

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुटाकिलाई समवेदना सन्देश पठाउँदै मृतकहरुलाई गहन रुपमा श्रद्धाञ्जली व्यक्त गर्दै मृतकहरुका परिवार तथा घाइतेहरुलाई हार्दिक रुपमा समवेदना व्यक्त गर्नुभयो।