लाओसमा चिकित्सक छेन पोको स्वयंसेवा अनुभव
2022-06-24 22:40:27cri
Share with:

 

चिकित्सक छेन पो शांगहाईको व्हा तोङ सेनेटोरियमका एक चिकित्क हुन्। सन् २०१८ जुन महिनामा छेन पो चीनको दशौं खेपको युवा स्वयंसेवा टोलीको साथमा लाओसको राजधानी भेन्टियान गएका थिए। उनले लाओसको १०९ नम्बर अस्पतालमा स्वयंसेवा गरेका थिए। छेन पोकाअनुसार, यो अस्पताल लाओसमा उच्च स्तरको अस्पताल हो तर चिकित्सा स्रोत साधनको अभाव थियो। त्यहाँको प्रविधि स्तर मन्द थियो। छेन पोले आफ्नो संस्थान व्हा तोङ सेनेटोरियम र चिनियाँ कम्युनिष्ट युवा लिगअन्तर्गत शांगहाई समितिसँग सम्पर्क गरेका थिए। उनले समाजबाट रकम पनि जुटाएका थिए। अन्त्यमा उनले कुल रकम तीन लाख चिनियाँ युआनको कार्डियोग्राम उपकरण र कम्प्युटर खरीद गरेका थिए। उनले चन्दास्वरुप लाओसको १०९ नम्बर अस्पताललाई प्रदान गरेका थिए। ती उपकरणहरू अस्पतालका लागि धेरै उपयोगी भएका छन्।

 

लाओसमा स्वयंसेवा गर्ने क्रममा छेन पोले चिकित्सकको काम गर्नुका साथै चिनियाँ चिकित्सक साथीहरूलाई निमन्त्रण गरी लाओसका बिरामीका लागि “अनलाइन”सेवा उपलब्ध गराएका थिए। छेन पोले अप्ठ्यारो समस्याको समाधान गर्न नसकेको बेलामा तुरुन्तै आफ्ना चिकित्सक साथीसँग सोध्ने गरेका थिए। चिकित्क साथीहरूले अनलाइनमा अप्ठ्यारो समस्याबारे छलफल गर्दै पुस्तकबाट सम्बन्धित उपाय खोजेर छेन पोलाई विभिन्न कठिनाइको समाधान गर्ने उपाय उपलब्ध गराएका थिए। 

 

लाओसमा आधा वर्षसम्म काम गरेका छेन पोको मनमा स्वयंसेवाको गहिरो छाप परेको थियो। उनले अरुलाई मद्दत दिने शक्तिको अनुभव गरेका थिए। उनले चीन र लाओसबीचको परम्परागत मित्रताको निरन्तरतामा आफ्नो भूमिका निर्वाह गरेका छन्। छेन पोले सबैभन्दा पहिले सिकेको लाओसको भाषा “धन्यवाद” हो। उनको सबैभन्दा अविस्मरणीय जन्मदिवस लाओसमा मनाइएको छ। उनले लाओसका साथीहरूको शुभकामनाको अनुभव गरेका छन्। उनी भन्छन् “मेरो कामलाई लाओसका बिरामीद्वारा मान्यता दिइएको थियो। हामीले लाओसका जनतासँग मैत्रीपूर्ण सम्बन्ध गाँसेका थियौँ। लोक क्षेत्रका “कूटनीतिज्ञ” को रुपमा हामीले चीनको कूटनीति कार्यका लागि योगदान दिएका थियौँ।”

 

लाओसबाट चीन फर्केपछि छेन पोले लाओसका साथीसँग सम्पर्क गरिरहेका छन्। सन् २०२० मा कोरोना भाइरस महामारी विश्वमा फैलिएको थियो। उनले लाओसका साथीसँग इन्टर्नेटमा महामारीविरुद्ध अनुभव बाँडेका छन्।

 

छेन पोले भनेअनुसार, विदेशमा स्वयंसेवा गरेका मानिसको दृष्टिकोण अझै फराकिलो हुन्छ। उनीहरूमा आत्मविश्वास बढेको हुन्छ। उनीहरूको आत्मविश्वास मातृभूमिको समृद्धिबाट आएको हो। मातृभूमिमा हुर्कनु स्वयंसेवकको अपेक्षा हो।