विकास नै सबभन्दा जिवन्त चिनियाँ कथा
2022-06-25 19:30:47cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख बेलुकी भिडियो तरिकामार्फत विश्व विकास उच्च तहको संवार्ताको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। सम्बोधनको शुरूमा उहाँले गत शताव्दीको ६० को दशकको अन्त्यमा पहेंलो पठारभूमिमा किसानको रुपमा आफूले काम गरेको कथा तथा अनुभव सुनाउनुभयो। विगत केही वर्षयता उहाँले चीनका शहर तथा ग्रामीण क्षेत्रको यात्रा गर्नुका साथै धेरै मुलुकहरुको भ्रमण गर्नुभयो। निरन्तर विकास भएपछि मात्रै सुखमय जीवन तथा शान्तिपूर्ण समाजप्रति चिनियाँ जनताको सपना पूरा हुनसक्ने उहाँको अनुभव छ।

 

हालको जटिल परिस्थिति र महामारीको असरको सामना गर्दा विकासको आवश्यकता झन् स्पष्ट देखिएको छ। विकास कठिनाईको कसरी समाधान गर्ने छ? विकासलाई अन्तर्राष्ट्रिय कार्यसूचिको केन्द्रीय स्थानमा राख्नुपर्ने भन्ने त्यसको उत्तर नै हो।

 

गत वर्षको सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघको महासभामा विश्व विकास प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस पटकको विश्व विकास उच्च तहको संवार्ताको सफल आयोजना नै विश्व विकास प्रस्तावलाई व्यवहारमा उतार्न थालिएको प्रतिक हो। बाह्य जगतले के मूल्याङकन गरेको छ भने चालु वर्ष

साँच्चिकै ब्रिक्स सम्बन्धी चीन वर्ष हो।