चिनियाँ डाइभिङ प्रतिनिधि मण्डलले जित्यो विश्व एक्वाटिक्स च्याम्पियनशिपअन्तर्गत डाइभिङ प्रतियोगिताको पहिलो स्वर्ण
2022-06-27 11:17:43cri
Share with:

जुन २६ तारिख बुडापेस्ट विश्व एक्वाटिक्स च्याम्पियनशिप २०२२ अन्तर्गत डाइभिङ प्रतियोगिता शुरु भएको छ। साथै पुरुषको सिङ्क्रोनाइज ३ मिटरको स्प्रिङबोर्डको फाइनल प्रतियोगिताको स्वर्ण चीनले हात पारेको छ। चिनियाँ खेलाडी छाउ युआन र वाङ चुङयुआन विजयी हुँदै चिनियाँ डाइभिङ प्रतिनिधि मण्डलका लागि पहिलो स्वर्ण पदक दिलाएका हुन्।

बेलायत र जर्मनीका खेलाडीहरूले क्रमशः रजत र कांस्य पदक जितेका छन्।