अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस -- “सङ्ग्रहालयको शक्ति”
2022-06-27 10:45:35cri
Share with:


मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। यस अवसरमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषदका अध्यक्ष एल्बर्टो गारलान्दिनले उक्त दिवसको अवसरमा चीनमा आयोजित मुख्य स्थल कार्यक्रमलाई भिडियोमार्फत् बधाई सन्देश पठाउनुभएको थियो। उहाँले अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद र चीनको सङ्ग्रहालय क्षेत्र बीच दीर्घकाली

न अवधिसम्म भएको सफल सहयोगको प्रशंसा गर्दै विश्वका सङ्ग्रहालयहरुलाई महामारीको पृष्ठभूमिमा नयाँ आविष्कार गरी समाजका सम्पूर्ण सदस्यहरुलाई शक्ति पुर्‍याउनसक्ने आह्वान गर्नुभयो।

 

चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको मुख्य नारा “सङ्ग्रहालयको शक्ति” रहेको छ। यस अवसरमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषदका अध्यक्ष एल्बर्टो गारलान्दिनले चीनको मुख्य स्थलमा आयोजित कार्यक्रमलाई पठाउनुभएको भिडियो बधाई सन्देशमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद र चीनको सङ्ग्रहालय क्षेत्रले विगत केही वर्षदेखि प्रभावकारी सहयोग गरी विश्वका सङ्ग्रहालयहरु बीचको आदान प्रदानका लागि नमूना बनाएको बताउनुभयो। उहाँले कोरोना महामारीको सामना गर्दै विश्वका सङ्ग्रहालयहरुले नयाँ आविष्कार गरेको पनि भन्नुभयो,

महामारीको अवधिमा सङ्ग्रहालयहरु आविष्कार गर्ने केन्द्रविन्दु बनेका छन्। सबैभन्दा विशेष र कठिन घडीमा विश्वका सङ्ग्रहालयहरुले कठिनाईको सामना गरी अनलाइन र अफलाइनमा संस्कृति प्रसार सम्बन्धी नयाँ अनुभवको विकास गरेका छन्। सङ्ग्रहालयहरुले डिजिटल प्रविधिको उपयोग गरी सङ्ग्रहालयको आकर्षण बढाएका छन्। सङ्ग्रहालयले समाजका सम्पूर्ण सदस्यहरुलाई जीवनभरी सिक्ने अवसर प्रदान गरेको छ। शिक्षा र ज्ञानको विविधता स्वीकार गर्न र आपसी जानकारी बढाउन निकै महत्वपूर्ण रहेको मैले जोड दिन खोजेको छु। हाम्रो इतिहास, हाम्रो वर्तमान स्थिति र हाम्रो भविश्यबारे जानकारी लिनका लागि हामीले सङ्ग्रहालयको अवलोकन गर्ने आवश्यकता छ।

 

विगत केही वर्षयता चीनको सङ्ग्रहालय कार्यमा फड्को मार्ने उपलब्धि हासिल भएको छ। राष्ट्रिय पूरातात्विक वस्तु विभागका प्रमुख ली छ्युनले सन् २०२१ मा चीनमा दर्ता गरिएका सङ्ग्रहालयको संख्या बढ्दै आएको छ र सङ्ग्रहालयहरुले रोचक कार्यक्रमहरुको आयोजना गरी सर्वसाधारणको माँग पूरा गरेको जानकारी दिँदै भन्नुभयो,

सन् २०२१ मा चीनमा थपिएका सङ्ग्रहालयहरुको संख्या ३९५ वटा छन्। चीनमा दर्ता गरिएका सङ्ग्रहालयहरुको संख्या ६१८३ रहेर विश्वको अग्रस्थानमा रहेको छ। ५६०५ सङ्ग्रहालय सर्वसाधारणका लागि निःशुल्क रुपमा खुला छन्, जुन कूल सङ्ग्रहालयमध्ये ९० प्रतिशत भन्दा बढी रहेको छ। पोहोर चीनका सङ्ग्रहालयहरुले ३६ हजार प्रदर्शनी र ३ लाख भन्दा बढी शैक्षिक कार्यक्रमको आयोजना गरेका छन्। महामारी देखा परे तापनि पोहोरमा चीनका सङ्ग्रहालयहरुले ७७ करोड दर्शकहरुको सत्कार गरेका छन्। यसका साथै अनलाइनमा ३ हजार प्रदर्शनी र १० हजार शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ। इन्टरनेटमा सो कार्यक्रमहरु हेरेका जनसंख्या ४ अर्ब १० करोड पुगेको छ।

 

कोरोना महामारीको सामान्यीकरणको पृष्ठभूमिमा चीनका सङ्ग्रहालयहरुले अन्तर्राष्ट्रिय सहयोग गरी विभिन्न सभ्यता बीचको आदान प्रदानलाई अघि बढाउने छन्। यसबारे चर्चा गर्दै ली छ्युनले भन्नुभयो,

हामीले अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषदको १९ औँ महाधिवेशनको आयोजना गर्दै चीन र विदेशमा कुशल पूरातात्विक वस्तुहरुको प्रदर्शन गरेका छौँ। त्यसका अतिरिक्त, हामीले कर्मचारीहरुलाई तालिम दिँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालयको संचालनमा भाग लिएका छौँ। जसले विश्वमा चिनियाँ संस्कृतिको असरलाई सबल पारेको छ।