#अल्पसंख्यक जाति# मरूभूमिको छेउमा फूलको सागर छ
2022-06-28 22:33:34cri
Share with:

चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरुमुचीबाट लगभग १४०० किलोमिटर टाढा भएको क्षेत्रमा युथ्यान नामक जिल्ला छ। त्यहाँ चीनको सबैभन्दा ठूलो मरूभूमि थाकलामाकानको दक्षिणी सिमाना हो। तर मरूभूमिको राजमार्गमा गाडी चलाउँदै ठूलो गुलाब खेती हेर्न सकिन्छ।

 

युथ्यान जिल्लामा गुलाब रोप्ने इतिहास लामो छ। त्यहाँ उत्पादन भएको गुलाब प्रसिद्ध दमास्कस गुलाबको भिन्नता हो। हजारौं वर्षअघि प्राचीन रेशमी मार्गमार्फत् दमास्कस गुलाब चीनमा फैलिएको थियो। हाल सागरजस्तै गुलाब खेतीले यु थ्यान जिल्लाको ठूलो परिवर्तन पुष्टि गरेको छ।

३२ वर्षे एजच थुर्हुङ युथ्यान जिल्ला औइथोक्लाक बस्ति कानउस्ठान गाउँको गाउँले हुनुहुन्छ। सन् २०१४देखि उहाँले गुलाब रोप्ने पार्कमा काम गर्न थाल्नु भएको हो। अहिले उहाँ एउटा स्थानीय गुलाब रोप्ने नमूना पार्कका निर्देशक हुनुहुन्छ। गुलाब एकपटक रोपेर उल्लेखनीय आय प्राप्त गर्ने जानकारी उहाँले दिनु भएको छ। उहाँका अनुसार, हरेक मु अर्थात ६६७ वर्षमिटरमा गुलाबको आम्दानी ३०००-४०००युआन पुगेको छ। तुलनामा गुलाबको रोपण कम मेहनत हुन्छ। अन्य बाली भन्दा अझ बढी आय कमाउन सकिन्छ।

 

युथ्यान जिल्लाका प्रमुख तुङ यानच्युनको जानकारीमा हाल युथ्यान जिल्लामा ४०हजार मु गुलाब खेती छन्। गुलाबले वातावरणलाई सुन्दर पार्नुका साथै किसानहरूका लागि आय बढाउने महत्वपूर्ण मञ्च पनि बनेको छ।

 

गुलाबको रोपणले स्थानीय रोजगारलाई पनि बढाएको छ। सिन्च्याङ युथ्यान क्वीमी बायोटेक्नोलोजी कम्पनि लिमिटेडका महाप्रबन्धक काउ हाइयिङको चर्चाअनुसार, सन् २०१२ स्थापनादेखि कम्पनीले स्थानीय किसानका लागि ५ करोड युआनभन्दा बढी आम्दानी प्रदान गरेको छ। एक हजारभन्दा बढी परिवारहरूले गुलाबको रोपण, व्यवस्था र टिप्ने कार्यमा भाग लिएका छन्। जसबाट धेरै परिवार गरिबबाट मुक्त भएर धनी बन्दैछन्।

 

गुलाबको रोपणबाहेक फुलको गहिरो प्रशोधन गरेर गुलाब चटनी, गुलाब नान, गुलाब केकलगायत खाद्य पदार्थ र अत्यावश्यक तेल, फेस मास्क, साबुनलगायत दैनिक आवश्यकता बनाइन्छ।

 

“मेरी श्रीमतीले स्थानीय उत्पादित गुलाब फेस मास्कको प्रयोग गर्छिन्। बालबालिकाहरु पनि गुलाब साबुनको प्रयोग गर्न मन पराउँछन्। हरेक दिन सफा हुनुका साथै सुगन्धित छ।” एजचले हाँसेर भन्नुभयो। “गुलाबले हाम्रो आम्दानी बढाउनुका साथ जीवनको गुणस्तरलाई पनि उकासेको छ।”

 

सुविधा यातायातले गुलाबको अझ व्यापक बजारका लागि सहयोग दिएको छ। केही वर्षयता सिन्च्याङले यातायातसम्बन्धी आधारभूत प्रबन्धको निर्माणलाई सबल पारेर स्थानीय उत्पादन पैचिङ, शाङहाइ, शनचन आदि ठूला शहरमा विक्री भएको  गुलाब रोप्ने पार्कका प्रबन्धक माथङले चर्चा गर्नु भएको छ। ठूला शहरका बासिन्दाले दुर्गम सहरबाट उत्पादित गुलाब उत्पादनको प्रयोग गर्न सक्छन्। युथ्यानमा विमानस्वथल र रेलको सञ्चालन हुनलागेको साथमा गुलाब उत्पादन झन् झन् टाढा पुग्ने छ। जीवन झन् झन् राम्रो हुनेछ।