टेक्सास 'आप्रवासी ट्रक' त्रासदी पछाडिको अमेरिकी सत्य
2022-06-29 20:42:51cri
Share with:

हालै अमेरिकाको टेक्सास राज्यमा एक 'आप्रवासी ट्रक' त्रासदी गराइएको छ। अमेरिकी कानुन प्रवर्द्धन अधिकारीहरूले टेक्सासको सान एन्टोनियोमा एउटा बेवारिसे ट्रकमा ठूलो संख्यामा आप्रवासी शव फेला पारेका छन्। हालसम्म मृत्यु भएको सँख्या ५१ पुगेको छ। यो केही वर्षयता अमेरिकामा सबैभन्दा खराब आप्रवासी मृत्यु घटनाहरुमध्ये एक हो।

राजनीतिक ध्रुवीकरण र पार्टीबीचको तनावपूर्ण प्रतिस्पर्धा भएकाले अमेरिकाको अवैध आप्रवासीको समस्या नसुल्झने अवस्थामा रहेको छ। सन् २०१८ देखि अमेरिकातर्फ जाने मध्य अमेरिकाबाट अवैध आप्रवासन समूहको परिमाण लगातार विस्तार भएको देखिन्छ। भर्खरै आयोजना भएको अमेरिका शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याटिन अमेरिकी देशहरूलाई अध्यागमन, आर्थिक विकास समस्याको समाधान गर्ने बचनबद्धता व्यक्त गर्नु भएको छ। तापनि हालसम्म केवल एक धारणा छ। साल्भाडोरका अध्यागमन विशेषज्ञ सेजर रियोसका अनुसार अमेरिकाले सधैँ स्रोतबाट अध्यागमन समस्याको समाधान गर्ने धारणा लिँदै आएता पनि हालसम्म कुनै पनि खास गतिविधि गरेको छैन। यदि अमेरिकी राजनीतिज्ञहरूले ल्याटिन अमेरिकी जनताको साँच्चै "ख्याल" राख्छन् भने वास्तविक कदमले  शरणार्थी र आप्रवासीहरूको मानव अधिकारको रक्षा गर्न सक्नुपर्छ। थप मानवीय त्रासदीहरूबाट बच्न व्यावहारिक उपायहरू लिनुपर्छ। अन्यथा "मानव अधिकार रक्षक" को नाटक वास्तवमै अब चल्न सक्दैन।