नयाँ ऐतिहासिक सुरूवातमा हङकङको विकास
2022-06-29 19:37:30cri
Share with:

सन् १९९७ को जुलाई १ मा हङकङ मातृभूमिमा फर्केको थियो। हङकङ मातृभूमिमा फर्किउको २५ वर्ष भइसकेको छ।

२५ वर्षमा हङकङको जीडीपी डोब्बर भएको छ भने २८० खर्ब हङकङ डलर पुगेको छ। वित्तीय क्षेत्रमा सन् १९९७ मा हङकङको सूचीबद्ध कम्पनीहरूको कुल बजार मूल्य ३० खर्ब हङकङ डलरभन्दा बढी पुगेको थियो भने हाल उक्त संख्या ४०० खर्ब हङकङ डलरभन्दा बढी पुगेको छ। व्यापार क्षेत्रमा हङकङको मालसामान व्यापारिक कूल मात्रा सन् २०२१ मा पहिलो पटक १०० खर्ब हङकङ डलर नाघेको छ भने विश्व आर्थिक समूहमध्ये छैटौँ स्थानमा रहेको छ। त्यसैले यस्तो भन्न मिल्छ कि विगत २५ वर्षमा केही चुनौति देखिए पनि हङकङको आर्थिक विकासले ठूलो उपलब्धि हासिल गरेको छ।

२५ वर्षयता हङकङमा २ चोटि आर्थिक मन्दी, सार्स, नियम संशोधन गतिबिधि, कोभिड-१९ भाइरस लगायत घटना भएका छन्। यी घटनाले आर्थिक विकासमा अवरोध सिर्जना गरेका छन्। अझै हेर्न सकिन्छ कि त्यसबाट हङकङको आर्थिक विकासको पाइला रोकिएको छैन। जुन मातृभूमिको ठूलो समर्थन र व्यापक देशप्रेमी र हङकङ प्रेमीहरूको संयुक्त प्रयाससँग घनिष्ठ सम्बन्ध रहेको छ।

हङकङको विकासले धेरैजसोको स्वागत पाएको छ तर केही चीन विरोधी समूहले विरोध पनि गरेका छन् अनि हङकङको विकासलाई ठूलो चुनौति पनि दिएका छन्। २ वर्षयता चीनले हङकङसम्बन्धी राष्ट्रिय सुरक्षा ऐनलाई पारित गरी राष्ट्रिय सुरक्षाको कमजोरी बन्द गरेको छ। चुनाव प्रणालीको सुधार गर्नुका साथै देशप्रेमीले हङकङको शासन गर्ने नीतिको पालना गरेबाट हङकङमा एक देश दुई प्रणाली नीतिको व्यावहारिक रूपमा अभ्यास भइरहेको पूर्ण प्रत्याभूति गरेको छ।

हाल हङकङ नयाँ ऐतिहासिक सुरूवातमा बसेको छ। अर्को २५ वर्षपछि हङकङ अहिलेभन्दा अझ समृद्धि र स्थीर हुने मेरो विश्वास छ।