चीनका राष्ट्राध्यक्ष सी चिनफिङ हुपै प्रान्तीय ऊहान शहरको निरीक्षण भ्रमणमा
2022-06-29 14:57:53CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २८ तारिख हुपै प्रान्तीय ऊहान शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमण क्रममा विज्ञान र प्रविधिमा आत्मनिर्भरता र आत्म-सुधार नै देशको समृद्धि र सुरक्षाको आधार भएको बताउनुभएको छ। 

उहाँका अनुसार, नयाँ विकास अवधारणालाई पूर्ण, सही र चौतर्फी रूपमा कार्यान्वयन गर्नुका साथै नवप्रवर्तन विकास रणनीतिलाई गहिरो रूपमा कार्यान्वयन गर्नुपर्दछ, जसबाट विज्ञान र प्रविधिको जीवनलाई आफ्नै हातमा राखेर वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरतामा अझ बढी प्रगति हासिल गर्न सकिन्छ। हाम्रो विकासको स्वतन्त्रता, स्वायत्तता, सुरक्षाको प्रवद्धनमार्फत् अझ बढी नयाँ प्रविधि र नयाँ उद्योगलाई प्रोत्साहन गरी आर्थिक विकासको नयाँ क्षेत्र र नयाँ ट्र्याक खोलेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नयाँ लाभ सिर्जना गर्ने छ।