एसपीपी सहयोग अस्वीकार गर्ने नेपालको निर्णयः अमेरिकी नीतिमाथि चिसो पानी
2022-06-29 18:17:22cri
Share with:

नेपाल सरकारले अमेरिकासँगको स्टेट पार्टनरशीप प्रोग्राम अर्थात् एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको छ। यस निर्माणप्रति नेपालका विभिन्न पार्टीहरु र सैन्य पक्षले एसपीपी र नेपालको हित अनुकूल छैन भन्ने सहमति गरेका छन्। केही विश्लेषणका अनुसार नेपालको उक्त निर्णय अमेरिकाको तथाकथित “इन्डो-प्यासिफिक रणनीति”लाई धक्का लागेको भावार्थ छ।

सार्वजनिक भएको नेपाल अमेरिका एसपीपी सहयोग मस्यौदामा दुई पक्षले नेपालको पठारभूमिमा सयुक्त सैन्य अभ्यास गर्ने, अमेरिकी राष्ट्रिय गार्डले असीमित रुपमा नेपालमा प्रवेश गर्ने र पूर्वाधार प्रबन्धको निर्माण गर्ने आदि छन्। जसबाट हेर्दा यी सर्तहरूसँग स्पष्ट सैन्य लक्ष्य रहेका छन् भने यससँग नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उद्देश्य स्पष्ट देखिन्छ। त्यसैले नेपालको उक्त निर्णय राष्ट्रिय हित, दीर्घकालीन असंलग्न र सन्तुलित कुटनीतिसँग अनुकूल छ।

चीन र भारतलाई जोड्ने नेपालको भूराजनीतिक स्थान निकै महत्वपूर्ण छ। हाल केही वर्षयता अमेरकाले तथाकथित “इन्डो-प्यासिफिक रणनीति”को विस्तार गर्दै नेपाललाई यसमा समावेश गर्ने प्रयास गरिरहेको छ। केही दिनअघि अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्केनले आफ्नो चीन नीति मन्तव्यमा चीनका छिमेकी मुलुकमा रणनीतिक वातावरणको पुनस्थापना गर्ने दाबी गर्नु भएको छ। अमेरिकाले चीन वरिपरीका क्षेत्रमा बम गाड्न प्रयास गरिरहेको छ।

एशिया-प्रशान्त क्षेत्रका जनताले राष्ट्रको स्थिरता र सुखमय जीवन खोजिरहेका छन्। नेपालको उक्त निर्णयले अमेरिकाको ‘इन्डो–प्यासिफिक रणनीति’मा चिसो पानी खन्याएको छ।