छ पि भन्ने ठाउँमा आगो लगाएर शत्रुलाई हराएको कथा-2
2022-06-29 15:34:00cri
Share with:

 

गत साता पहिलो भाग राखिएको लेखको बाकी भाग। पहिलो भागको लिङ्क: https://nepal.cri.cn/2022/06/23/ARTI3l3pEUFas42FbJ65sTUh220623.shtml?spm=C75752.PxzCLmkeTIhI.Eoryky7DfLt9.5

 


      लिउ पैका सैनिक सल्लाहकार चु क ल्याङसित छलफल गर्दा छाउ छाउका सैनिक र घोडाहरु धेरै बढी भएको र कडा शासन पनि भएको कारण प्रत्यक्ष रुपमा लडाईं गरेमा सु छ्युआन र लिउ पैको संयुक्त सेनाले विजय पाउने सम्भावना नभएको महसूस चाउ युलाई लागेको थियो। त्यसैले उनीहरुले आगो लगाएर हमला गर्ने निर्णय गर्नुका साथै अनेकन् जुक्तिहरु पनि निकालेका थिए। एक दिन, चाउ युले छाउ छाउमाथि हमला गर्ने कुरा बारे छलफल गर्न भनी आफ्ना जनरलहरुलाई बोलाएका थिए । छाउ छाउको शक्ति ठूलो भएकाले आत्मसमर्पण गर्दा बेस हुने सल्लाह वृद्ध जनरल व्हाङ काइले दिए। चाउ युले क्रोधित भएर व्हाङ केलाई पचास पटक लट्ठीले हान्ने आदेश दिए। व्हाङ केले पिटाइ खाएपछि आत्मसमर्पण गर्न भनी छाउ छाउलाई खबर दिन मान्छे खटाए। व्हाङ केले साँच्चै नै आत्मसमर्पण गर्ने विश्वास छाउ छाउले गरेका थिए र यसले उनलाई निकै खुशी तुल्याएको थियो। यस बेला एकजना प्रसिद्ध सैनिक विशेषज्ञ फाङ थुङ पनि छाउ छाउसित भेट गर्न आएका थिए।

 

छाउ छाउले खुशी भएर फाङ थुङसित एक जटिल समस्या बारे सोधपुछ गरेका थिए। छाउ छाउका सिपाहींहरु उत्तरी क्षेत्रका मानिस भएका कारण उनिहरुले जल युद्ध गर्न नजानेका र दक्षिण क्षेत्रको हावापानी नफापेका कारण उनिहरु बारंबार विरामी परेका थिए। फाङ थुङले यस बारेमा जवाफ दिंदै भनेः “यो के गाह्रो छ ? साना ठूला जहाजहरु राम्रोसँग मिलाएर तीस वा पचास वटा जहाज एकै लस्करमा बाँधिएमा, फलामे सिक्रिद्बारा बाँधिदिएर माथि काठे फल्याक बिछ्याए सब ठीक भैहाल्छ।”छाउ छाउले यस अनुसार जहाजहरु एकै लस्करमा बाँधिदिए। साँच्चै, ती जहाजहरु अब हल्लिएनन, सिपाहींहरुले ती जोडिएका जहाजमा अस्त्र प्रयोग गर्दा पनि जमीनमा जस्तै अनुभव भएको थियो र उहाँलाई रिंगटा पनि लागेको थिएन। छाउ छाउलाई खुशी लाग्यो। तर सल्लाहकारले भनेका थिएः“ युद्धपोतहरु एकै लस्करमा जोडिएर हलचल नभए तापनि विपक्षीले आगो लगाएर आक्रमण गर्न आएमा भाग्न गाह्रो हुने नै छ।”तर छाउ छाउले यो कुरा सुनेर खित्का छोडेर हाँस्दै भनेः“चिन्ता नगर्नुहोस, हामी उत्तरी दिशामा छौं, उनीहरु दक्षिणी दिशामा छन्। अहिले जाडो याममा उत्तर-पश्चिमी दिशाबाट मात्र हावा आउँछ र दक्षिण-पूर्वी दिशाबाट हावा आउँदैन। उनीहरुले आगो लगाएर आक्रमण गरेमा आफैले आफूलाई जलाएका होइन त ?”छाउ छाउको कुरा सुनेर सबै मानिसले उनी बुद्धिमान भनी प्रसंसा गरेका थिए। त्यसैले सबै मानिसहरुको बुद्धि गुमेको थियो ।

यो लेखलाई तीन भागमा विभाजन गरिएको छ। तेस्रो भाग आगामी साता राखिने छ।