फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपतिलाई चिनियाँ राष्ट्रध्यक्ष सीद्वारा बधाई
2022-06-30 16:27:48cri
Share with:

 जुन ३० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिलिपिन्सका राष्ट्रपतिमा नियुक्त हुनु भएका फर्डिनान्ड रोमुल्डेज मार्कोसलाई बधाई सन्देश पठाउनुभएको छ। राष्ट्रपति मार्कोससँगको टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले दुबै मुलुकमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै हातमा हात मिलाएर विकास गर्नका लागि महत्वपूर्ण सहमति प्राप्त भएको उल्लेख गर्नु भएको छ। राष्ट्राध्यक्ष सीले मार्कोससँग रणनीतिक तथा दीर्घकालीन द्दष्टिकोणबाट दुई मुलुकबीचको सम्बन्धको विकास दिशा राम्रो कायम राख्दै दुबै मुलुक र जनतालाई लाभ सिर्जना गर्दै जाने आशा गर्नुभएको छ।