लाओसको पुरुष बास्केटबल टोलीका मुख्य प्रशिक्षक बनेका चिनियाँ स्वयंसेवक
2022-07-01 10:26:54cri
Share with:

लाओस, सेसेल्स, मंगोलिया, टर्कीआदि मुलुकहरूमा चीनका स्वयंसेवकले आफ्नो युवास्था तथा पसिनामार्फत विदेशी नागरिक र संघसंस्थालाई स्वेच्छापूर्वक सेवा दिएका छन्। शाङहाई खेलकुद विश्वविद्यालयका उप प्राध्यापक सुन वै पनि ती स्वयं सेवकसेविकामध्येका एक हुन्।

 

सन् २०२१ को अन्त्यमा चीन र लाओस जोड्ने रेलमार्ग अर्थात् चीन-लाओस रेलमार्गको संचालनसम्बन्धी समाचार सार्वजनिक भएपछि सुन वैले धेरै खबरहरू पाए। लाओसका साथीहरूले उनलाई खबर पठाएर खुशीयाली बाँडेका थिए। सुन वैले लाओसको पुरुष बास्केटबल टोलीलाई कीर्तिमान भंग गर्न नेतृत्व गरेको अनुभवको सिँहावलोकन गर्दै भन्छन् “म विश्वविद्यालयका एकजना शिक्षक हुँ। मैले स्वयं सेवकमा भर्ना हुने सूचना देखेँ। यो सूचना चिनियाँ कम्युनिष्ट युवा लिगले कार्यान्वयन गरेको विदेशी स्वैच्छिक सेवा योजना थियो। सूचनाअनुसार, चिनियाँ स्वयं सेवक स्वैच्छिक सेवा दिन लाओस जाने छन्। मैले कल्याण कार्यप्रति चासो लिन्छु। त्यसैले मैले दर्ता गरेको थिएँ।”

 

सन् २०१७ मा लाओस गएका नवौं चरणका चिनियाँ स्वयं सेवकको हैसियतमा सुन वैले अरू युवा स्वयं सेवकसँग लाओस गए। पहिले सुन वै व्यावसायिक बास्केटबल खेलाडी भए। त्यसैले लाओसको बास्केटबल संघले लाओसको युवा पुरुष बास्केटबल टोलीका प्रशिक्षक बन्न निमन्त्रणा गरेको थियो।

 

सुन वैले चीन र विश्वको व्यावसायिक बास्केटबल टोलीको अत्याधुनिक प्रविधि, वैज्ञानिक अभ्यास उपायलाई लाओसको युवा पुरुष बास्केटबल टोलीमा भित्र्याएका थिए। छोटो समयमा उक्त टोलीको उपलब्धि ठूलो मात्रामा उकासिएको थियो। सुन वै भन्छन् “लाओसको युवा पुरुष बास्केटबल टोलीका खेलाडीहरूको उमेरको ठूलो भिन्नता छ। म लाओसमा पुग्दा टोलीका सदस्यहरू थोरै थिए, चार, पाँच जना सदस्य भए। पछि टोलीका सदस्याहरूको संख्या बीस, तीस पुगेको थियो। सबैजनालाई चीनका एकजना प्रशिक्षक आएको सूचना थाहा छ।”

 

सुन वै आएपछि लाओसका युवा पुरुष बास्केटबल टोलीले उपलब्धि हासिल

गरेको थियो। लाओसको बास्केटबल क्षेत्रले सुन वैप्रति सक्रियताका साथ

प्रतिक्रिया जनाएको थियो। सन् २०१७ को जुलाई महिना सुन वै लाओसको

राष्ट्रिय पुरुष बास्केटबल टोलीका प्रशिक्षक बने। सन् २०१७ अगष्ट २९

तारिख सुन वैले लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आशियान

खेलकुदमा सहभागी भएको इतिहासमा पहिलो विजयी प्राप्त गर्न नेतृत्व

गरेका थिए। लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोली पहिलो पटकमा

आशियानको पुरुष बास्केटबल टोलीहरूका अघिल्ला आठ स्थानमा पुगेको

थियो। त्यसपछि अन्तर्राष्ट्रिय बास्केटबल संघको श्रेणीमा लाओसको

स्थान बढेको थियो।