सी चिनफिङ: "एक देश, दुई व्यवस्था" जस्तो राम्रो व्यवस्थाको परिवर्तनको कुनै कारण छैन र यसलाई लामो समयसम्म पालना गर्नुपर्छ
2022-07-01 11:59:52CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "एक देश, दुई व्यवस्था" अभूतपूर्व महान सिर्जना भएको बताउनुभएको छ। "एक देश, दुई व्यवस्था" को मौलिक उद्देश्य राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्नु, हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्नु हो। केन्द्रीय सरकारले गर्ने सबै कार्य देश, हङकङ तथा मकाउ र हङकङ तथा मकाउका देशबन्धुहरूको फाइदाका लागि हो।

राष्ट्राध्यक्ष सी भन्नुभयो, हङकङ फर्किएको २०औँ वार्षिकोत्सव समारोहमा मैले केन्द्रीय सरकारले "एक देश, दुई व्यवस्था" को पालना गर्दा सुदृढताका साथ र चौतर्फी तथा उचित रूपमा हुनुपर्ने भनेको थिएँ। आज म फेरि पनि जोड दिन्छु, "एक देश, दुई व्यवस्था" को अभ्यासमा बारम्बार परीक्षण गरिएको छ जुन मुलुक तथा राष्ट्रको मौलिक हित र हङकङ तथा मकाउको मौलिक हितसँग अनुकुल छ। यसले १ अर्ब ४० करोड भन्दा बढी जनताको समर्थन जितेको छ। यस्तो राम्रो व्यवस्था परिवर्तनको कुनै कारण छैन र यसलाई लामो समयसम्म पालना गर्नुपर्छ।