सफल रुपमा एक देश दुई व्यवस्थाको अभ्यास
2022-07-01 18:50:14cri
Share with:

“२५ वर्षयता राष्ट्रको पूर्ण सहयोगमा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार र समाजका विभिन्न क्षेत्रको संयुक्त प्रयासमा एक देश दुई व्यवस्थाको अभ्यास हङकङमा सफल भएको विश्वव्यापी मान्यता हासिल गरेको छ।” जुलाई १ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव मनाउने समारोहमा उक्त कुरा बताउनुभएको छ। उहाँका अनुसार १९९७ जुलाई १ तारिख सुन्य बजे चीन सरकारले हङकङमाथि पुनः सार्वभौमसत्ताको अभ्यास सुरु गरेको थियो। २५ वर्षयता विविध चुनौति पार गरेको हङकङको अन्तर्राष्ट्रिय बित्त, ढुवानी र व्यापारिक केन्द्रको स्थान बलियो देखिन्छ। हङ्कङ बासिन्दाले अभूतपूर्व लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको आनन्द उठाएका छन् र जनताको हितमा धेरै सुधार भएको छ। हङकङमा एक देश दुई व्यवस्थाको अभ्यासको सफलता केन्द्रीय सरकारको समर्थनबाट अविभाज्य छ। मातृभूमि निर्भार भएर विश्वसँग सम्पर्क नै हङकङको वरिष्ठ श्रेष्ठता हो।
   हङ्कङ् माभृभूमिमा फर्केको २५ वर्षयता पाइएको उल्लेखनीय उपलब्धिबाट एक देश दुई व्यवस्था राष्ट्र, आधुनिक जातीय हित, हङकङ र मकाउको आधारभूत हितसित अनुकूल भएको प्रमाणित छ। विश्वले देख्नेछ हङकङमा "एक देश, दुई व्यवस्था" को अभ्यासले अझ ठूलो सफलता हासिल गर्ने कुरा!