हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन
2022-07-01 14:11:34CRI
Share with:

चालु वर्षको जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सव हो। यसै अवसरमा हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहको आयोजना भएको छ। समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ मातृभूमिमा समाहित भएको २५ वर्षमा मातृभूमिको समर्थनमा ठूलो विकास भएको बताउनुभएको छ।“एक देश दुई व्यवस्था”हङकङमा सफल भएको पनि उहाँले बताउनुभयो। हङकङमा“एक देश दुई व्यवस्था”लागू भएबाट धेरै मूल्यवान अनुभव र धेरै गहिरो प्रेरणा पाएको बताउँदै राष्ट्राध्यक्ष सीले विगत २५ वर्षको अभ्यासबाट “एक देश दुई व्यवस्था”को अभ्यास नियमलाई बुझेर मात्र“एक देश दुई व्यवस्था”कार्य सही दिशातर्फ लम्कन प्रत्याभूति गर्नसकिने पनि जनाउनुभएको छ। 

पहिलो,“एक देश दुई व्यवस्था”को नीति चौतर्फी र सही रुपमा कार्यान्वयन गर्नुपर्छ।

दोस्रो, केन्द्रीय सरकारको व्यवस्थापन तथा शासन अधिकार र विशेष प्रशासनिक क्षेत्रको उच्च स्वशासन अधिकारको एकीकरणलाई कायम राख्नुपर्छ। 

तेस्रो, “हङकङलाई माया गर्ने व्यक्तिले हङकङको शासन गर्ने” सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ। 

चौथो, हङकङको विशेष स्थान र श्रेष्ठतालाई कायम राख्नुपर्छ। 

राष्ट्राध्यक्ष सी चिनफिङले "एक देश, दुई व्यवस्था" अभूतपूर्व महान सिर्जना भएको बताउनुभएको छ। "एक देश, दुई व्यवस्था" को मौलिक उद्देश्य राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्नु, हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्नु हो। केन्द्रीय सरकारले गर्ने सबै कार्य देश, हङकङ तथा मकाउ र हङकङ तथा मकाउका देशबन्धुहरूको फाइदाका लागि हो। 

राष्ट्राध्यक्ष सीले भन्नुभयो, हङकङ फर्किएको २०औँ वार्षिकोत्सव समारोहमा मैले केन्द्रीय सरकारले "एक देश, दुई व्यवस्था" को पालना गर्दा सुदृढताका साथ र चौतर्फी तथा उचित रूपमा हुनुपर्ने भनेको थिएँ। आज म फेरि पनि जोड दिन्छु, "एक देश, दुई व्यवस्था" को अभ्यासमा बारम्बार परीक्षण गरिएको छ जुन मुलुक तथा राष्ट्रको मौलिक हित र हङकङ तथा मकाउको मौलिक हितसँग अनुकुल छ। यसले १ अर्ब ४० करोड भन्दा बढी जनताको समर्थन जितेको छ। यस्तो राम्रो व्यवस्था परिवर्तनको कुनै कारण छैन र यसलाई लामो समयसम्म पालना गर्नुपर्छ। 

हङकङका युवाहरूबारे चर्चा गर्दै सीले भन्नुभएको छः युवाले विकास मौका पाउने हो भने हङकङले विकास मौका पाउने तथा युवायुवतीको भविष्य भएमा मात्र हङकङको उज्ज्वल भविष्य हुने छ। 

राष्ट्राध्यक्ष सीले हङकङका युवायुवतीलाई अध्ययन, रोजगार, स्वरोजगारआदि वस्तुगत कठिनाइको समाधान गर्न सहयोग गर्नुपर्ने, उनीहरूको विकास तथा उपयोगी र प्रतिभाशाली व्यक्ति बन्नका लागि अवसरको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। हङकङका हरेक युवायुवती सुन्दर हङकङको निर्माणमा संलग्न हुनसक्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

हङकङको भविष्यलाई औँल्याउँदै सीले आउने पाँच वर्ष हङकङले नयाँ विकास गर्न तथा नयाँ प्रगति हासिल गर्ने मुख्य अवधि भएको बताउनुभएको छ। उहाँले चुनौती र मौका दुवै रहेको भन्दै चुनौतीभन्दा मौकाको अवसर ठूलो भएको पनि औँल्याउनुभएको छ। 

चीनको केन्द्रीय सरकार र हङकङका विभिन्न क्षेत्रका व्यक्तिले हङकङको नयाँ सरकारमाथि गहिरो अपेक्षा लिएका छन्। उहाँले चार वटा आशा प्रस्तुत गर्नुभएको छः 

पहिलो, शासन स्तरलाई उकास्नुपर्छ।

दोस्रो, विकासको शक्तिलाई सबल पार्नुपर्छ।

तेस्रो, जनताको कठिनाई र समस्याको समाधान गर्नुपर्छ।

चौथो, संयुक्त रूपमा स्थिरताको संरक्षण गर्नुपर्छ।

सोही दिन सी चिन फिङको पर्यवेक्षणमा हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारका मुख्य प्रशासक ली च्यानछाउको नेतृत्वमा सरकारी पदाधिकारीहरूले शपथ ग्रहण गर्नुभएको छ।