राष्ट्राध्यक्ष सी चिनफिङ तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष ल्याङ चेनयिङ बीच भेटवार्ता
2022-07-01 10:01:46CRI
Share with:

 

जुन ३० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हङकङमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष ल्याङ चेनयिङसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा सी चिनफिङले भन्नुभयोः चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको उपाध्यक्षको रूपमा काम गरेपछि यता तपाईँले देशको आधुनिकीकरण र हङकङको समृद्धि तथा स्थिरताका लागि आफूलाई समर्पित गरिरहनुभएको छ, जुन अत्यन्तै प्रशंसनीय छ।

राष्ट्राध्यक्ष सीले नयाँ प्रमुख प्रशासनिक तथा नयाँ विशेष प्रशासनिक सरकारलाई समर्थन गर्दै सबै क्षेत्रका मानिसहरूसँग मिलेर "एक देश दुई व्यवस्था" को दीर्घकालीन कार्यान्वयनमा नयाँ योगदान पुर्‍याउने आशा पनि व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले हेरविचार तथा प्रोत्साहन दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै ल्याङले हङकङ लगायत देशको सेवामा निरन्तर रूपमा सक्दो प्रयास गर्दै जाने बताउनुभयो।