पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने
2022-07-02 16:28:51cri
Share with:

नेपाली पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ। कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताउनु भएको अनलाइन खबरले लेखेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्रफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ। प्रतियोगिमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ। जसमध्ये नेचर, कल्चर, लाइफस्टाइल र वाइल्डलाइफ रहेका छन्। प्रत्येक विधामा ५०/५० हजार नगद पुरस्कार को घोषण गरिएको छ। साथै चारमध्ये एक उत्कृष्टलाई से-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ।

प्रतियोगितामा प्रत्यक प्रदेश बाट ७/७ फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोहरूलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्वीरहरु प्रदर्शन गरिने संयोजक शाहीले बताउनुभयो।

यो प्रतियोगितामा भदौ ३ गते अर्थात (वर्ल्ड फोटोग्राफि डे ) को दिन एक कार्यक्रमका बीच उत्कृष्ट घोषण गरिनेछ। प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा रहनु भएको छ भने अन्य निर्णायक पनि थप गरिने संयोजक शाहीले बताउनुभयो।