आफ्नो देश विभाजित हुँदैगर्दा बेलायती राजनीतिज्ञहरूद्वारा अझै पनि हङकङमा हस्तक्षेप गर्ने चाहना!
2022-07-03 16:26:03cri
Share with:

हङकङ मातृभूमिमा फर्केको २५ औँ वार्षिकोत्सवका अवसरमा बेलायती प्रधानमन्त्री र कुटनीति तथा विकास मन्त्री ट्रसले छुट्टाछुट्टै वक्तव्य प्रकाशित गर्दै हङकङ बासिन्दाका लागि ऐतिहासिक जिम्मेवारी लिनु र हङकङलाई हार नमान्नु आदि धारणा व्यक्त गरेका छन्। यो हास्यास्पद राजनीतिक प्रदर्शनबाट पूर्व उपनिवेशवादीहरूले  "सूर्य कहिल्यै अस्ताउँदैन" भन्ने बितिसकेको घमण्डलाई अस्वीकार गरेको प्रतिबिम्बित भएको छ। उनीहरुसँग हङकङ र चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने दिवास्वप्न रहेको छ।

बेलायतका केही व्यक्तिहरूले चीन-ब्रिटिश संयुक्त घोषणापत्रलाई अडिग राख्दै हङकङ मामिलामा हस्तक्षेप गर्नका लागि यसलाई तथाकथित आधारको रूपमा प्रयोग गरेका छन्। तापनि सबैलाई थाहा छ: चीन र बेलायतले १९८४ को डिसेम्बरमा हस्ताक्षर गरेको उक्त घोषणाको लक्ष्य हङकङलाई मातृभूमिमा फर्काउने समाधान हो। यस घोषणापत्रको मुख्य विषय चीनले हङकङमा सार्वभौमसत्ताको अभ्यास पुनः सुरु गरेको छ। १९९७ को जुलाई १ तारिख हङकङ मातृभूमिमा फर्केपछि उक्त घोषणामा बेलायत सम्बन्धी अधिकार तथा दायित्वहरू सबै पूरा भएको छ। चीन सरकारले हङकङको शासन गर्ने आधार संविधान र हङकङको आधारभूत कानुन हो भने चीन-ब्रिटिश संयुक्त घोषणा होइन। हङकङ फर्किएपछि बेलायतको कुनै सार्वभौमसत्ता, शासन वा पर्यवेक्षण छैन।