हङकङसम्बन्धी राष्ट्राध्यक्ष सीको महत्वपूर्ण भाषणलाई उत्साहजनक अन्तर्राष्ट्रिय प्रतिक्रिया
2022-07-03 16:27:12cri
Share with:

हङकङ मातृभूमिमा फर्केको २५औँ वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको महत्वपूर्ण भाषणले उत्साहजनक रुपमा अन्तर्राष्ट्रिय प्रतिक्रिया प्राप्त गरेको छ। धेरै विदेशीहरुका अनुसार राष्ट्राध्यक्ष सीको भाषणामा उल्लेख गरिएको एक देश दुई व्यवस्थासँग महत्वपूर्ण भावार्थ छ। जसबाट हङकङको अझ सुन्दर भविष्यका लागि उत्साह प्रवर्द्धनको शक्ति सिर्जना गरेको छ।

 

चीन र एशियाली मुलुकसँग विशाल सँचिति शक्ति रहेको छ। विश्व अर्थतन्त्रमा ३० प्रतिशत हिस्सा चीनको छ। चीनको एक विभागको रुपमा हङकङले निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। क्वाङतोङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्र चीनको विकासको एक नेतृत्व क्षेत्र बन्ने छ। बेलायती ४८ समूह क्लबका अध्यक्ष स्टिफन पेरीले भन्नुभयो।

ब्रुनाईका वरिष्ठ मिडिया व्यक्ति बेरुन्लोङले राष्ट्राध्यक्ष सीको भाषणलाई गहन भावना लिनु भएको छ। उहाँले भन्नुभयो: हाल केही वर्षयता मैले सम्पर्क राखेका हङकङका बासिन्दाले मातृभूमिको राजनीति, अर्थतन्त्र र समाजलाई झन बढी मूल्याङ्कन गर्दै आएका छन्। भातृभूमि र हङकङबीचको आदानप्रदान झन् बढी गहन भैरहेको देखिन्छ।

 

अमेरिकी कुहन फाउन्डेसनका अध्यक्ष डा रोबर्ट लरेन्स कुहनका अनुसार एक देश दुई व्यवस्था एक अभूतपूर्व नवीनता हो। राष्ट्राध्यक्ष सीले चीन केन्द्रीय सरकारद्वारा एक देश दुई व्यवस्थालाई द्दढ राख्दै जाने अठोट घोषणा गर्नुभएको छ। हङकङसँग उज्यालो भविष्य रहेको छ।