अफ्रिकी मूलका अमेरिकीहरूमाथि गरिएको गोली प्रहारबाट अमेरिकाको "स्वतन्त्रता दिवस" लाई लज्जित बनाइएको
2022-07-04 21:00:42CRI
Share with:

दुई वर्षअघि घुँडा टेकाएर मारिएका फ्लोयडको "म सास फेर्न सक्दिन" भन्ने शब्दहरू अझै पनि हाम्रा कानमा रहिरहेको बेला, अफ्रिकी मूलका अमेरिकीहरू लक्षित अमेरिकी पुलिसको हिंसात्मक कानून प्रवर्तनको नयाँ अध्याय खोलिएको छ।

 

स्थानीय समय अनुसार, जुलाई ३ तारिख अमेरिकी ओहायो राज्यको अक्रोन शहरका प्रहरीले केही दिन अघिको लाइभ भिडियो जारी गर्‍यो। भिडियोमा अफ्रिकी मूलका अमेरिकी व्यक्ति गेर्ल्यान्ड वाकरलाई प्रहरीले गोली हानेर मारेको छ। ट्राफिक चेकजाँचको क्रममा ८ जना प्रहरीले लगातार ९० भन्दा बढी गोली हानेका थिए र वाकरको शरिरमा करिब ६० घाउ भएको बताइएको छ। 

जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवस आउनुअघि वाकरको रगतले "स्वतन्त्रताको घोषणा" मा उल्लेखित "सबै जना समान छन्"  भन्ने कुरा ठट्टा गरेको जस्तो लाग्छ। हालसम्म अक्रोन शहरमा पुलिसको क्रूरताको विरोध गर्ने धेरै प्रदर्शनहरू आयोजना भएका छन् र स्थानीय स्वतन्त्रता दिवस समारोह पनि रद्द गरिएको छ। 

वाकरको मृत्यु ट्राफिक चेकमा भएको हो। "पुलिस हिंसा नक्सा" वेबसाइटको तथ्याङ्क अनुसार, चालू वर्षमा ४९ जना अफ्रिकी मूलका अमेरिकीहरूलाई प्रहरीले गोली हानेर मारेको छ। वेबसाइटले के देखाउँछ भने अफ्रिकी मूलका अमेरिकीहरू पुलिसद्वारा मारिने सम्भावना गोराहरूको तुलनामा २.९ गुणा छ। 

हिंसात्मक कानून प्रवर्तन मात्र होइन, अमेरिकी प्रणालीबद्ध जातीय भेदभाव अमेरिकी समाजका सबै पक्षहरूमा भेटिन्छः आवास, शिक्षा, स्वास्थ्य र रोजगारी आदि। यस्तो भेदभाव र दमनले गर्दा अमेरिकी अल्पसंख्यकहरूलाई "सास फेर्न" गाह्रो बनाइदिन्छ। यस पछाडि दासप्रथाको आपराधिक इतिहास, जातीय संरचना र गोरालाई प्राथमिकता दिने सामाजिक वातावरणसँग सम्बन्ध छ। साथै अमेरिकी राजनीतिज्ञहरू पक्षपातपूर्ण विवादमा व्यस्त भइरहेका र शासन गर्न असफल भएको तथ्यसँग पनि सम्बन्धित छन्।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयोः "प्रणालीबद्ध नस्लवाद अमेरिकी आत्मामा भेटिने दाग नै हो"। अमेरिकी राजनीतिज्ञहरूको तथाकथित "समानता" र "सहिष्णुता" ले लामो समयदेखि यता भइरहेको "मानवअधिकार रक्षकहरू" को कुकर्मलाई ढाक्न सकेको छैन। जुलाई ४मा, हिंसा, जातीय विभाजन र भावनात्मक अवसादको चपेटामा परेको अमेरिकाले २०० वर्षअघि पहिले अमेरिकाका संस्थापकहरूको अपेक्षालाई कसरी जवाफ दिन सक्छ र?