दुई वर्षपछि जर्मनीमा मार्सल आर्टस् प्रतियोगिता आयोजना गरियो
2022-07-04 09:26:26cri
Share with:

जुन ४ तारिख उत्तरी जर्मनी मार्सल आर्टस् प्रतियोगिता जर्मनीको राजधानी बर्लिनमा आयोजित भएको छ। कोरोना महामारी देखा परेपछि दुई वर्षको अवधिमा सो प्रतियोगिता पहिलो पटक अफलाइन अर्थात् प्रत्यक्ष रूपमा आयोजना गरिएको यो पहिलो पटक हो।

 

उत्तरी जर्मनी मार्सल आर्टस् प्रतियोगितामा उत्तरी जर्मनीका ८ क्लबका १२० खेलाडीहरुको संलग्नता थियो। विभिन्न खेलमा अघिल्लो तीन स्थानका विजेता खेलाडीले आगामी अक्टोबर १ तारिख पश्चिम जर्मनी र दक्षिण जर्मनीको प्रतियोगिताका विजेता खेलाडीहरुसँग चालू वर्षको जर्मनी मार्सल आर्टस् प्रतियोगिताको च्याम्पिएन प्रतिस्पर्धामा भाग लिने छन्।

 

जर्मनीको मार्सल आर्टस् संघका अध्यक्ष रोलान्ड कजर्नीले अफलाइन प्रतियोगिताको पुन:आयोजनाबाट सम्पूर्ण क्लब र खेलाडीहरु उत्साहित भएको बताउनुभयो। मार्सल आर्टस् खेलको प्रचार प्रसारले अरु बढी जर्मनहरुले चीनको परम्परागत संस्कृतिबारे जानकारी लिन तथा चीन र जर्मनी बीचको आदान प्रदानलाई अघि बढाउन उपयोगी हुने ठहर उहाँले गर्नुभयो।

मार्सल आर्टस् प्रतियोगिताको पुन:आयोजनाबारे हामी खुसी छौँ। महामारीको प्रभावमा विगत दुई वर्षमा अफलाइन प्रतियोगिताको आयोजना भएको थिएन। गत वर्ष अनलाइनमा आयोजित प्रतियोगिता निकै सफल भयो, तैपनि प्रत्यक्ष रुपमा आदान प्रदान गर्ने प्रतियोगिता अझै राम्रो छ।

 

जर्मनीका लागि चिनियाँ राजदूतावासको संस्कृति सेवाका कन्सुलर छन् च्यान याङले सो प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जर्मनीका मार्सल आर्टस् क्लबहरुले महामारीको अवधिमा निरन्तर रुपमा मार्सल आर्टस् सम्बन्धी तालिम गरी त्यसको प्रचार प्रसार गरेको कुराबाट प्रभावित भएको बताउनुभयो। यसका साथै स्थानीय चिनियाँ मूलका विदेशी र प्रवासी चिनियाँहरुले सक्रिय भूमिका निर्वाह गर्दै चीन र जर्मनी बीचको सांस्कृतिक आदान प्रदानलाई अघि बढाउँदै लगेको पनि उहाँले भन्नुभयो,

मार्सल आर्टस् चीनको परम्परागत संस्कृति हो। जर्मनीको मार्सल आर्टस् संघले विगत दर्जनौँ वर्षदेखि जर्मनीमा चिनियाँ मार्सल आर्टस्को प्रचार प्रसार गर्दै आएको छ। यस संघले चीनको परम्परागत संस्कृतिबारे जर्मन युवा तथा किशोर पुस्तालाई जानकारी बढाउन ठूलो भूमिका निर्वाह गरेको छ। हाल कोरोना महामारीले चीन र जर्मनीका संस्कृति, खेलकुद र पर्यटन क्षेत्र बीचको आदान प्रदानमा प्रभाव पारेको छ। हिजोआज जर्मनी र युरोपमा बसोबास गर्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीहरुले आपसी आदान प्रदानका लागि धेरै प्रयास गरेका छन्। त्यसैले सांस्कृतिक आदान प्रदान तथा आपसी मित्रतालाई गहन पार्ने पक्षमा उनीहरुले पुर्‍याएको योगदानको हामीले प्रशंसा गर्नुपर्छ।


 

जर्मनीको राष्ट्रिय मार्सल आर्टस् टोलीका मुख्य प्रशिक्षक वु मिनका अनुसार, यस पटकको प्रतियोगितामा भाग लिने खेलाडीहरुको संख्या पहिलेको भन्दा र अनुमानभन्दा धेरै बढी छ। यसबाट मार्सल आर्टस्प्रति खेलाडीहरुको माया महामारीको कारण घटेको छैन, बरु उनीहरुले निरन्तर तालिम लिएपछि उनीहरुको स्तर स्थिरताका साथ उकासिएको छ। खेलाडीहरुले मार्सल आर्टस्को सीपबारे आदान प्रदान गरेपछि आपसी सम्बन्ध घनिष्ट भएको साथै चिनियाँ परम्परागत संस्कृतिको जानकारी पनि बढेको वु मिनको ठहर छ।

यस्तो किसिमको कार्यक्रममार्फत “मार्सल आर्टस्बाट साथी बनाइएको छ”। यी केटाकेटीहरु र उनीहरुका अभिभावक बीच आदान प्रदान भएपछि चिनियाँ परम्परागत संस्कृति राँको रिले जस्तै निरन्तर रुपमा चल्दै जाने छ। मार्सल आर्टस् सम्बन्धी उत्साहले विदेशमा त्यसको अझै विकास हुनेछ।