अमेरिकी पदाधिकारीले चीनको अन्तरिक्ष कार्यको बदनाम गरेकोमा चीनको परराष्ट्र मन्त्रालयद्वारा विरोध
2022-07-04 18:46:45CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले जुलाई ४ तारिख अमेरिकाका केही पदाधिकारीहरूले चीनको सामान्य र व्यवहारिक अन्तरिक्ष कार्यको बदनाम गरेकोमा गैरजिम्मेवारपूर्ण भनाइको कडा विरोध गरेको कुरा बताउनुभएको छ। 

अमेरिकी राष्ट्रिय अन्तरिक्ष व्यूरो अर्थात् नासाका प्रमुख बिल नेल्सनले जर्मनीको सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिँदै चीनको अन्तरिक्ष योजना सैनिक अन्तरिक्ष योजना भएको भन्दै चीनले चन्द्रमा कब्जा गर्ने कुरा बताएका थिए।

प्रवक्ता चाउले अमेरिकी अन्तरिक्ष विभागका जिम्मेवार व्यक्तिको हैसियतमा नेल्सनलाई अमेरिकी अन्तरिक्ष योजनाको “कालो इतिहास”बारे थाहा हुनुपर्ने कुरा व्यक्त गर्नुका साथै चीनले अन्तरिक्षको अन्वेषण गर्नुको उद्देश्य अर्थतन्त्र, समाज, विज्ञान, सुरक्षाको सामान्य माग पूर्ण गर्नु हो भन्दै चीनले अमेरिकाका उक्त पदाधिकारीसँग ठूलो मुलुकको दायित्वलाई वहन गर्न, अन्तरिक्षको दीर्घकालीन शान्ति र सुरक्षाका लागि अमेरिकाको योगदान दिन आग्रह गरेको कुरामा जोड दिनुभयो।