《सिन्च्याङमा विभिन्न जातिका मानिसलाई राम्रो तथा उचित काम उपलब्ध गराएको सम्बन्ध》मा तथ्यगत सर्वेक्षण प्रतिवेदन जारी
2022-07-04 15:22:29cri
Share with:

 

सिन्च्याङ विश्वविद्यालयले जुलाई ४ तारिख बिहान चिनियाँ र अङग्रेजी दुवै संस्करणमा आफ्नो वेबसाइटमार्फत《सिन्च्याङमा विभिन्न जातिका मानिसलाई राम्रो तथा उचित काम उपलब्ध गराएको सम्बन्ध》मा तथ्यगत सर्वेक्षण प्रतिवेदन जारी गरेको छ।

 

प्राप्त जानकारी अनुसार, अनुसन्धान टोलीले तत्स्थलमै गएर विविध सर्वेक्षण गर्नुका साथै विज्ञान र तथ्यमार्फत विस्तृत र भौतिक रूपमा सिन्च्याङका विभिन्न जातिका जनताहरूको वास्तविक श्रम अवस्थाको व्याख्या गरी सिन्च्याङका विभिन्न जातिका जनताहरूको श्रम तथा कामको ठोस प्रक्रियाबारे जानकारी प्रस्तुत गरेको छ।

 

अनुसन्धान टोलीले करिब १ वर्षको समयमा सिन्च्याङका १४ वटा जिल्ला तथा शहरको भ्रमण गरी आबास क्षेत्र र गाउँघरको गहन रूपमा निरीक्षण र अनुसन्धान गरेको थियो। त्यस क्रममा अनुसन्धान टोलीले हान, युगुर, कजाक, ह्रै, सिपो, तोङस्याङ र तावर लगायत सिच्याङका विभिन्न जातिका कामदारहरूसँगै गहन रूपमा आदान प्रदान गरी उनीहरूको अभिरूचि, उद्देश्य, रोजगारी तरिका र श्रमिक मूल्यबारे पनि जानकारी लिएको छ।