चिनियाँ टोलीले जित्यो विश्व एक्वाटिक्स च्याम्पिएन अन्तर्गत डाइभिङका सबै स्वर्ण
2022-07-04 15:39:10cri
Share with:

 

सन् २०२२ बुडापेस्ट विश्व एक्वाटिक्स च्याम्पिएन अन्तर्गत पुरूष एकलतर्फको १० मिटर दूरी प्लेटफर्म डाइभिङ प्रतिस्पर्धा चिनियाँ खेलाडी याङ चेनले जितेका छन्। उनले अघिल्लो संस्करणमा पनि यस प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए। यस बाहेक, चिनियाँ टोलीले यस विश्व एक्वाटिक्स च्याम्पिएन अन्तर्गत डाइभिङ प्रतियोगिताका सबै स्वर्ण अर्थात् १३ वटा स्वर्ण पदक जितेको छ।

 

यस पटकको विश्व एक्वाटिक्स च्याम्पिएनमा चिनियाँ डाइभिङ टोलीले डाइभिङ प्रतियोगिताका सम्पूर्ण खेलका १३ वटा स्वर्ण पदकसँगै २ रजत र २ कास्य पदक जितेर पदक तालिकामा पहिलो स्थान ओगटेको छ।