अमेरिकी अर्थतन्त्रका कारण उपभोक्ताको विश्वास घट्नु स्वाभाविक
2022-07-05 19:46:25CRI
Share with:

आर्थिक क्षेत्रमा अमेरिकामा अर्को एउटा निराशाजनक समाचार छाएको छ कि उपभोक्ता विश्वास सूचकांकमा १६ महिनामा उपभोक्ता विश्वास करीब ९९ प्रतिशतले घटेको छ। त्यस्तै उपभोक्ता अपेक्षा सूचकांक २०१३ पछि सबैभन्दा तल पुगेर करीब साडे ६६ प्रतिशत भएको छ। 

यी संख्याहरूले रोजगारी, आय वृद्धि र समग्र व्यापार दृष्टिकोणमा अर्थतन्त्रबारे मानिसहरूको वर्तमान र छोटो अवधिको भविष्यको दृष्टिकोण मापन गर्दछ। यो डुबान कष्टप्रद भएपनि यो कुनै आश्चर्यको विषय होइन। 

पछिल्लो तथ्याङ्क अनुसार मुद्रास्फीति समग्र वर्षमा ८.६ प्रतिशतले बढेको छ। खाना र ग्याँसको मूल्य ग्राफ अझ खराब छ। मासु, माछा र अण्डा १४.२% भन्दा बढी वृद्धि भएको छ भने आटाजन्य सामान साडे ११ प्रतिशत, दुग्धजन्य सामग्रीमा झण्डै ११.८ प्रतिशत वृद्धि भएको छ। 

ग्याँसको मूल्यले आश्चर्यचकित बनाउँदै झण्डै ४९ प्रतिशत बढेको छ। उत्पादक मूल्यहरू मेको अन्त्यसम्ममा १०.८ प्रतिशतभन्दा माथि पुगेको छ। यसबाट उपभोक्ताको ढाड सेकिने क्रम जारी रहने र व्यक्तिगत बचत दर संकुचित हुने निश्चित जस्तै छ।