चिनियाँ परराष्ट्र प्रवक्ताद्वारा चीन-अमेरिका परराष्ट्र मन्त्रीहरूको बाली टापु भेटवार्ताबारे टिप्पणी
2022-07-06 15:56:08CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयले जुलाई ५ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले बीस मुलुक समूहका विदेश मन्त्रीहरूको सम्मेलन अवधिमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गर्नेबारेमा पत्रकारले प्रश्न सोधेका छन्। 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले चीनका परराष्ट्र मन्त्री वाङ यीले बीस मुलुक समूहका विदेश मन्त्रीहरूको सम्मेलनको अवधिमा मुख्य मुलुकहरूका विदेश मन्त्री, क्षेत्रीय संगठनका प्रतिनिधिसँग द्विपक्षीय भेटघाट गर्नुहुने जानकारी दिनुभयो। 

साथै उहाँले चीन र अमेरिकाको निर्णय बमोजिम वाङ यीले अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गर्नुहुनेछ। उहाँहरूले चीन र अमेरिकाको सम्बन्ध र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा पनि प्रवक्ता चाउले बताउनुभयो।