"अमेरिकी मार्का"को युद्ध इन्जिनको नयाँ प्रमाण फेला
2022-07-06 16:30:02CRI
Share with:

अमेरिकी सर्भेक्षण वेबसाइट "इन्टरसेप्ट"ले हालै एक समाचार चुहाएको छः सन् २०१७ देखि २०२०सम्म, अमेरिकाले "१२७ इ" परियोजना मार्फत् विश्वमा कम्तीमा २३ पटक गरी प्रोक्सी युद्ध गरेको छ जसमध्ये कम्तीमा १४ पटक मध्य पूर्व तथा एशिया-प्रशान्तमा भएका थिए। सन् २०२०मा मात्र, कम्तीमा १४ वटा परियोजनाहरू सक्रिय छन्। यदि त्यो साँचो हो भने अमेरिकाले लामो समयदेखि विश्वभर प्रोक्सी युद्धहरू गरिरहेको यो अर्को प्रमाण हो। जसबाट अमेरिका विश्वमा अराजकताको सबैभन्दा ठूलो स्रोत हो भन्ने थप प्रमाणित गरिन्छ।

अमेरिकाले यसलाई गोप्य रूपमा राखिरहे तापनि, अमेरिकाले संसारभर प्रोक्सी युद्धहरू सुरु गर्ने गरेको कुरा अन्तर्राष्ट्रिय समुदायको लागि सर्वविदित ‘रहस्य’ हो। प्रोक्सी युद्ध भनेको द्वन्द्वमा प्रत्यक्ष संलग्नता हुनबाट जोगिनका लागि कुनै ठूलो मुलुकले सुरु गरेको वा प्रोक्सीले शुरू गरेको युद्धको समर्थन गरेको युद्ध हो। यसो गर्नुको उद्देश्य सबभन्दा कम जोखिममा अधिकतम फाइदा उठाउनु हो। दोस्रो विश्वयुद्धको अन्त्य र शीतयुद्धको शुरुवातसँगै प्रोक्सी युद्ध बिस्तारै बिस्तारै विश्वव्यापी द्वन्द्वको मुख्य रूप बनेका छन्।

सन् १९५५ को शुरूमा, तत्कालीन राष्ट्रपति आइसेनहोवरले यसरी घोषणा गर्नुभएको थियोः प्रोक्सी युद्ध "विश्वमा सबैभन्दा सस्तो बिमा" हो। "इन्टरसेप्ट" वेबसाइटले यस पटक चुहाएको अवस्था अमेरिकाले विगत केही दशकहरूमा गरेको कुकर्मको सानो भाग मात्र हो। मध्यपूर्वदेखि पूर्वी युरोप अनि ल्याटिन अमेरिकासम्म, विश्वका लगभग हरेक अराजकताको पछाडि अमेरिका रहेको देखिन्छ। अमेरिकाले विशेष गरी "रङ्ग क्रान्ति"मा आफ्नो क्षेत्रीय प्रोक्सी हुर्काउन निकै चासो देखाइरहेको छ र प्रोक्सी युद्ध सुरु गर्ने बानी परेको छ।

 

जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो । बिगत २४० वर्षमा, अमेरिकाले युद्धमा संलग्न नभएको समय २० वर्ष भन्दा कम थियो। भर्खरै मिडियाद्वारा चुहिएको "१२७ इ" परियोजनालाई समेट्ने हो भने, "अमेरिकी मार्का"को युद्ध इन्जिन एक क्षणको लागि पनि अड्न सकेको छैन। अमेरिकाले यसो गर्नुको प्रेरक शक्ति आर्थिक स्रोत र प्रभुत्वको खोजी हो। यसको परिणाम "प्रोक्सी" र लक्षित देश दुवै द्वन्द्वमा परिरहेका साथै निर्दोष मानिसहरूको ज्यान गुमाउँछन् र सम्बद्ध क्षेत्रको स्थिति झन् हलचलपूर्ण बन्दै गएको छ।

"लडाईबाट ल्याइने झटका एक किसिमको लत हो, शक्तिशाली र घातक हुन्छ। किनभने युद्ध एक किसिमको लागू पदार्थ नै हो।" ओस्कर पुरस्कार विजेता चलचित्र "द हर्ट लकर"को लाइनहरूले यसरी ब्याख्या गरेको छ युद्ध, जुनसुकै रूपको भए तापनि घातक हुन्छ। आँखामा पैसा र वर्चस्व मात्र भएका ती अमेरिकी राजनीतिज्ञहरूले अन्ततः "युद्धको कूलत" का कारणले ठूलो मूल्य तिर्नुपर्नेछ।