छ पि भन्ने ठाउँमा आगो लगाएर शत्रुलाई हराएको कथा
2022-07-06 15:27:13cri
Share with:

 

कसैको कल्पनामा पनि यो कुरा सोचेको थिएन, तर नभेम्बर बीस तारिखका दिन अकस्मात दक्षिण-पूर्वी दिशाबाट हावा चल्नथाल्यो। लिउ पैका सैनिक सल्लाहकार चु क ल्याङमा जल-वायुको अनुमान गर्नसक्ने क्षमता भएकाले चाउ युसँगै युद्धको तयारी गरिसकेका थिए। त्यस बेला छाउ छाउले व्हाङ केको पत्र पाए र आत्मसमर्पण गर्न आउने कुरा पनि मिल्यो। छाउ छाउले जनरलहरुलाई लिएर जहाजको शिर भागमा उभिएर पर्खिरहेका थिए। नभन्दै छाउ छाउले एक दर्जन जति जहाजका साथै व्हाङ के जल प्रवाहको बहाइमा आउँदै गरेको देखे। यो देखेर छाउ छाउलाई ज्यादै खुशी लाग्यो । ती एक दर्जन साना जहाजहरु हावाको गतिमा चांडै नै छाउ छाउका जंगी जहाजनेर आइपुगे। यसै बेला व्हाङ केले हात हल्लाउँदासाथ ती साना जहाजहरुमा दन्दनी आगो लाग्यो। जहाजमा पराल र तेल जस्तो प्रज्वलनशील पदार्थ मात्र थियो। आगो लागेका ती साना जहाजहरु छाउ छाउका जंगी जहाजको लस्करमा पसे । छाउ छाउका जहाजहरुलाई फलामे सिक्रीव्दारा एक लस्करमा बाँधिएकाले भाग्न पनि नसकी तुरुन्तै आगोको सागरमा डुबेको जस्तो देखियो। छाउ छाउ तुरुन्तै जहाजबाट ओर्लेर किनारमा गए। किनारमा भएको अन्न भण्डारमा पनि चाउ युलका लुकिराखेका सिपाहींद्बारा आगो लगाइयो। सुन छ्युआन र चाउ युको संयुक्त सेनाले मौका छोपेर हमला गरे। छाउ छाउका सेनाले हार खाए र छाउ छाउ पनि अन्योलको अवस्थामा परेर घेराबन्दीबाट भाग्दै उत्तरी क्षेत्रमा फर्केका थिए।

       छ पीमा उक्त संग्राम भएपछि छ्युआनले याङ सी नदीको दक्षिणी क्षेत्रमा आफ्नो शासनलाई सुदृढ गर्न पाएका थिए । लिउ पैले मौका छोपेर चिङ चौका धेरै भागलाई आफ्ना हातमा लिएका थिए । यसले गर्दा छाउ छाउ , सुन छियुआ , लिउ पै गरी तीनै पक्षले मुखा मुख भएर बसेको स्थिति देखा परेको थियो । छ पी भन्ने ठाउँमा आगो जलाएर शत्रुलाई धपाउने बारे अरु धेरै कथा पनि प्रचलित भएका छन् । उदाहरण होः व्हाङ केले चाउ युको कुटपिट खाएर छाउ छाउका सामु नकली आत्मसमर्पण गरेको कुरालाई “ शरीरलाई दुःख दिने दाउपेज ”पनि भनिएको छ । फाङ थुङ चाहिं लिउ पैका सैनिक सल्लाहकार चु क ल्याङका मित्र हो । उनले छाउ छाउलाई फलामे सिक्रीव्दारा जहाजलाई जोडिदिने प्रस्ताव राखेकोले छाउ छाउका सेनाका जहाजहरुमा आगो लागेर भाग्न नसकेका थिए । यस जुक्तिलाई “फलामे सिक्रीव्दारा जहाज जोडिने जुक्ति”पनि भनिएको छ।