#समाचार सन्दर्भ# समान रूपमा चाडपर्व मनाउँदा पनि नतिजा किन यति फरक?
2022-07-07 20:17:31CRI
Share with:

     हालै चीनको क्वीचौमा वाटर ड्र्यागन पर्व मनाइएको छ। स्थानीय नागरिक र पर्यटकले एकअर्कालाई रमाइलो रूपमा पानी छर्केर राम्रो जलवायुको प्रार्थना गरेका छन्। केही समयअघि नेपालले पनि धान पर्व मनाएको थियो। सरकारी अधिकारी र बालबालिका सबैले धान खेतमा काम गरेर नयाँ वर्षमा फसल भित्र्याउने प्रार्थना गरेका छन्। तर समान रूपमा चाडपर्व मनाउँदा अमेरिकाको राष्ट्रिय दिवसको अवसर धेरै ठाउँमा खुशीयाली भीडमा वास्तविक डरलाग्दो चलचित्रजस्तै गोलीकाण्डका घटना भएका छन्। घटनापछि दुःखी अमेरिकी प्रहरी मात्रै बाँकी छ। 

     अमेरिकी "गन भाइलेन्स आर्काइभ्स" वेबसाइटद्वारा प्रकाशित तथ्याङ्कका अनुसार जुलाई १ तारिख देखि ४सम्म मात्रै अमेरिकामा विभिन्न प्रकारका ५०० भन्दा बढी गोलीबारी घटना भएका छन्, जसबाट २२० जनाको मृत्यु हुनुका साथै लगभग ५७० जना घाइते भएका छन्। हाल अमेरिकामा भव्य मनाउने उत्सव तथा चाडपर्व बन्दुक हिंसा भड्काउने महोत्सव बनेको छ, र निर्दोष जीवनहरू असफल अमेरिकी प्रणाली र शासनको सिकार बनेका छन्।  तथाकथित "मानव अधिकारलाई सबैभन्दा सम्मान गर्ने देश" अमेरिकामा सर्वसाधारणको बाँच्ने अधिकारको संरक्षण पाउन सक्दैन। कति हास्यास्पद?