परराष्ट्र मन्त्री वाङ यीद्वारा युक्रेन परिस्थिति सम्बन्धमा चीनका ३ वटा धारणाको व्याख्या
2022-07-08 15:16:45cri
Share with:

 चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जुलाई ७ तारिख बाली टापुमा २० मुलुक समूह अर्थात् जी २० का परराष्ट्र मन्त्री सम्मेलनमा सहभागी हुँदै भारतीय विदेश मन्त्री एस. जयशङ्करसँग युक्रेन समस्याबारे वैचारिक आदान प्रदान गर्नुभएको छ। सो क्रममा परराष्ट्र मन्त्री वाङले वर्तमान युक्रेन परिस्थिति सम्बन्धमा चीनका ३ वटा धारणाको व्याख्या गर्नुभएको छ।

 

चीनका यी ३ वटा धारणा यस प्रकार छन्: पहिलो, मौका छोपेर शीतयुद्धको विचारधाराको प्रचार प्रसार गर्नुका साथै प्रतिद्वन्द्वी बनाएर नयाँ शीतयुद्ध मच्चाउने कारवाहीको विरोध गर्नुपर्छ।

 

दोस्रो, दोहोरो मापदण्डद्वारा चीनको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नतालाई ध्वस्त पारिने कारवाईको विरोध गर्नुपर्छ।

 

र तेस्रो, अरू देशका उचित विकास हक अधिकारमा हानी पुर्याइने कुचेष्टा र कुकर्मको विरोध गर्नुपर्छ।