चीन र लाओसका जनताको मित्रताका साक्षी चिनियाँ स्वयंसेवक सुन वै
2022-07-08 16:52:12cri
Share with:


 

सन् २०२१ को अन्त्यमा चीन र लाओस जोड्ने रेलमार्ग अर्थात् चीन-लाओस रेलमार्गको संचालनसम्बन्धी समाचार सार्वजनिक भएपछि सुन वैले धेरै खबरहरू पाए। लाओसका साथीहरूले उनलाई खबर पठाएर खुशीयाली बाँडेका थिए। सुन वैले लाओसको पुरुष बास्केटबल टोलीलाई कीर्तिमान भंग गर्न नेतृत्व गरेको अनुभवको सिँहावलोकन गर्दै भन्छन् “म विश्वविद्यालयका एकजना शिक्षक हुँ। मैले स्वयं सेवकसेविका भर्ना हुने सूचना देखेँ। यो सूचना चिनियाँ कम्युनिष्ट युवा लिगले कार्यान्वयन गरेको विदेशी स्वैच्छिक सेवा योजना थियो। सूचनाअनुसार, चिनियाँ स्वयंसेवक स्वैच्छिक सेवा दिन लाओस जाने छन्। मैले कल्याण कार्यप्रति चासो लिन्छु। त्यसैले मैले दर्ता गरेको थिएँ।”

 

सन् २०१७ मा लाओस गएका नवौं चरणका चिनियाँ स्वयंसेवकको हैसियतमा सुन वैले अरू युवा स्वयं सेवकसँग लाओस गए। पहिले सुन वै व्यावसायिक बास्केटबल खेलाडी भए। त्यसैले लाओसको बास्केटबल संघले लाओसको युवा पुरुष बास्केटबल टोलीका प्रशिक्षक बन्न निमन्त्रण गरेको थियो।

 

सन् २०१७ सुन वै लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोलीका मुख्य प्रशिक्षक बनेका थिए। उनले मलेशियामा आयोजना भएको आशियान खेलकुदमा सहभागी टोली पठाएका थिए। सुन वै र बास्केटबल टोलीका खेलाडीहरूका लागि यो एक चुनौती थियो। सुन वै भन्छन् “लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोलीका सदस्यहरू फरक क्षेत्रबाट आएका हुन्। ती सदस्यहरूमा प्रहरी, विश्वविद्यालयका शिक्षक, सरकारी कर्मचारी समावेश छन्। उनीहरूले बेलुकी अभ्यास गर्न सक्छन्। त्यस अवधिमा निश्चित अभ्यास गर्ने ठाउँ थिएन। कुनै पनि आधारभूत प्रत्याभूति, चिकित्सा प्रत्याभूति, व्यायामशाला पनि थिएन।”

 

सुन वैले खाद्य-पदार्थ, भाषाआदि समस्याको कठिनाइको समाधान गर्नुका साथै स्थानीय ठोस अवस्थाबमोजिम अभ्यास योजनाको तर्जुमा गरेका थिए। अभ्यास भएको अप्ठ्यारो समयबाट प्रशिक्षक सुन वै र लाओसका खेलाडीहरूबीच गहिरो मित्रता गाँसिएको थियो। सुन वै भन्छन् “अभ्यासअघि खेलाडीहरूले मसँग नमस्ते भन्ने गरेका थिए। मलाई खुशी लाग्यो। म र खेलाडीहरूबीच कुनै पनि विवाद थिएन। हाम्रो विश्वास पनि बढेको थियो।”

 

सन् २०१७ को जुलाई महिना सुन वै लाओसको राष्ट्रिय पुरुष बास्केटबल

टोलीका प्रशिक्षक बने। सन् २०१७ अगष्ट २९ तारिख सुन वैले लाओसको

राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आशियान खेलकुदमा सहभागी भएको इतिहासमा पहिलो विजयी प्राप्त गर्नका लागि नेतृत्व गरेका थिए। लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोली पहिलो पटकमा आशियानको पुरुष बास्केटबल टोलीहरूका अघिल्ला आठ स्थानमा पुगेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बास्केटबल संघको श्रेणीमा लाओसको स्थान बढेको थियो।

 

 “कोच सुन”लाई लाओसको बास्केटबल क्षेत्रका सबैजनाको प्रशंसा गरिएको थियो। सुन वै चीन फर्कनुअघि लाओसको राष्ट्रिय पुरुष बास्केटबल टोलीले   सुन वैलाई “नम्बर एक जर्सी” दिई सुन वैप्रति धन्यवाद व्यक्त गरेका थियो। सुन वैकाअनुसार, नम्बर एक जर्सी उनलाई दिइएको मात्र नभई सबै चिनियाँ स्वयं सेवकलाई दिइएको हो।