भन्सार कर सम्बन्धमा अमेरिकी सरकार "भोट प्राथमिकता र जनता महत्वहीन"
2022-07-08 15:28:17CRI
Share with:

हालै, अमेरिकी मिडियाले बारम्बार जनाएअनुसार नयाँ नयाँ रेकर्ड सिर्जना गरेको अमेरिकी मुद्रास्फीतिको दबाबलाई कम गर्नको लागि चिनियाँ सामानहरूमा पूर्ववर्ती सरकारले लगाएका उच्च करहरूमध्ये केहीलाई रद्द गर्नेबारे छलफल चलिरहेको छ। स्थानीय समय अनुसार जुलाई ५ तारिख धेरै अमेरिकी संचारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै जनाएका छन् कि बाइडेन सरकारले "सानो" करहरूलाई रद्द गर्ने सम्भावना छ। यो कति सानो हो? १० अर्ब डलर, जुन चिनियाँ सामानमाथि लगाइएको ३.७ खर्ब डलर बराबर करको २.७ प्रतिशत मात्रै हुन जान्छ।

 

विगत ४ वर्षमा धेरै तथ्याङ्कले प्रमाणित गरिसकेको छ कि चीनविरुद्ध अमेरिकाले सुरु गरेको व्यापार युद्ध पूर्ण रूपमा असफल भएको छ। "अमेरिकन सपोर्ट फ्री ट्रेड अर्गनाइजेसन"को तथ्याङ्क अनुसार, सन् २०१८ को मध्यकालदेखि चालू वर्षको अप्रिलसम्म, चीनविरुद्ध अमेरिकाले सुरु गरेको व्यापार युद्धले १.२९ खर्ब अमेरिकी डलर बराबर थप खर्च अमेरिकीहरूको टाउकोमा परेको छ। थपिएको करलाई निर्धारित योजना बमोजिम चिनियाँ कम्पनीहरूले वहन गर्नुको सट्टा अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूले वहन गरेका छन्।" 

यो त अमेरिकी मूल्य बढेसँगै चिनियाँ सामानमाथि लगाइएको करलाई हटाउनुपर्ने आवाज झन् झन् चर्किँदै गएको छ। पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सले भर्खरै जारी गरेको रिपोर्टबाट के देखाइएको छ भने चिनियाँ सामानमाथि लगाइएको करलाई हटाएमा हरेक अमेरिकी घरपरिवारको खर्चमा लगभग ८०० अमेरिकी डलर बराबर बचत हुनेछ। 

यसै सन्दर्भमा, वाशिङ्टन किन हिचकिचाइरहेको छ त?

 

सबैभन्दा महत्त्वपूर्ण कारक तत्व "मत" नै हो। यस सम्बन्धमा बेलायती "फाइनान्सियल टाइम्स"ले यसरी टिप्पणी गर्‍यो, ‘अमेरिकी उपभोक्ताहरूलाई मद्दत गर्ने बाइडेनको चाहना छ, तर निर्वाचनको मध्यावधि आउनुअघि भन्सार करको कटौतीमार्फत् "चीनसामु धेरै नरम" देखिनबाट पनि जोगिनु छ।’ 

माथिको टिप्पणीबाट के देखिन्छ भने अहिले सर्वसाधारण पीडा भोग्नुभन्दा चीनप्रति कठोर हुनु नै अमेरिकी हितअनुकूल रहेको भन्ने धारणातर्फ त्यहाँका राजनीतिज्ञहरूले अमेरिकी जनतालाई विश्वस्त गराउन खोजिरहेका छन्। यसो गर्दा, तथाकथित "अमेरिका फर्स्ट" भनेको "पहिले भोट, जनता महत्वहीन" भन्ने भनाइ सही हो। 

विश्वका दुई ठूला अर्थतन्त्रका रूपमा चीन र अमेरिका "दुई पक्ष बीच सहयोग गरेमा दुवैको लागि फाइदाजनक हुन्छ भने लडाइँ गरेमा दुवैलाई हानी पुर्याउने कुरा पटक पटक गरी प्रमाणित भइसकेको छ। भन्सार कर लगायत सबै विषयमा, अमेरिकाले जतिसुकै परिवर्तन गरे पनि चीनले शान्त  भएर प्रतिक्रिया दिँदै जाने छ, निर्धारित योजनानुसार विकासलाई अगाडि बढाउँदै जानेछ र आफ्नै कामहरूलाई राम्रोसँग गर्दै जानेछ।