“हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सव र हङकङको विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा सी चिनफिङको सम्बोधन”सम्बन्धी पुस्तकको परम्परागत चिनियाँ र अंग्रेजी भाषाको संस्करण हङकङमा प्रकाशित
2022-07-08 16:31:03CRI
Share with:

“हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सव र हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा सी चिनफिङको सम्बोधन”सम्बन्धी पुस्तकको परम्परागत चिनियाँ  र अंग्रेजी भाषाको संस्करण जुलाई ८ तारिख हङकङमा प्रकाशित भएको छ। 

हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सी चिनफिङले हङकङको भ्रमण गर्नुभयो। उहाँले हङकङ मातृभूमिमा समाहित भएको २५औं वार्षिकोत्सव सम्मेलन र हङकङको विशेष प्रशासनिक क्षेत्रको छैठौँ सरकारको शपथ ग्रहण समारोहमा उपस्थित हुँदै सम्बोधन गर्नुभयो। सी चिनफिङको सम्बोधनले “एक देश दुई व्यवस्था”को सिद्धान्त र कार्यान्वयन ढाँचाबारे गहिरो रुपमा ब्याख्या गरेको छ। उहाँको सम्बोधन हङकङमा प्रतिक्रिया जनाइएको छ।