सी चिनफिङद्वारा चिनियाँ राष्ट्रिय संग्रहालयका वृद्ध विशेषज्ञलाई जवाफी चिठ्ठी
2022-07-09 16:23:39CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ८ तारिख चिनियाँ राष्ट्रिय संग्रहालयका वृद्ध विशेषज्ञहरूलाई जवाफी चिठ्ठी पठाउनुभएको छ। चिनियाँ राष्ट्रिय संग्रहालयको स्थापना भएको ११०औं वार्षिकोत्सवको उपलक्ष्यमा सीले राष्ट्रिय संग्रहालयका सबै कमरेडहरूलाई हार्दिक शुभकामना र अभिवादन गर्नुभएको छ। 

सीले जवाफी चिठ्ठीमा भन्नुभयो, “मैले धेरै पटक राष्ट्रिय संग्रहालयको अवलोकन गरेको छु। राष्ट्रिय संग्रहालयले संग्रह, अनुसन्धान, प्रदर्शन, विदेशी आदान-प्रदान क्षेत्रमा नयाँ प्रगति हासिल गरेकोमा मलाई खुशी लाग्यो।” 

सीले संग्रहालय मानव सभ्यताको संरक्षण र निरन्तरता गर्ने महत्वपूर्ण स्थल हो भन्दै राष्ट्रिय संग्रहालयका कर्मचारीहरूले सभ्यताको आदान-प्रदानलाई अगाडि बढाउने, चिनियाँ राष्ट्रको सभ्यताको उत्कृष्ट उपलब्धिको संरक्षण, निरन्तरता र प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो।