चीन-अमेरिका दौत्य सम्बन्ध स्थापनाको मूल नियतमाथि समीक्षा आवश्यक
2022-07-10 17:04:17CRI
Share with:

वर्तमान अमेरिकी सरकार सत्तामा आएदेखि यता, चीन–अमेरिका सम्बन्धको संरक्षण गर्ने ‘रेलिंग’थप्ने कुरा बारम्बार भन्ने गरेको छ। अमेरिकी पक्षले भनेको ‘रेलिंग’ के हो भन्ने कुरा अमेरिकाले एकतर्फी रूपमा परिभाषित नगरेकोले स्पष्ट पारेको पनि छैन । जुलाई ९ तारिख बाली टापूमा भएको चीन-अमेरिका परराष्ट्र मन्त्रीहरूको भेट-वार्ताबाट चीन-अमेरिका सम्बन्धको "रेलिंग" लामो समयदेखि रहँदै आएको मात्र नभएर यस सम्बन्धलाई सुदृढ गर्ने वास्तविक जिम्मेवारी अमेरिकी पक्षले लिँदै आफ्नो करणी र कथनी एउटै खालको हुनुपर्ने कुरा विश्वलाई स्पष्टसँग देखाइएको छ।

 

चीन-अमेरिका सम्बन्ध समस्याग्रस्त अवस्थामा पर्नुको मुख्य कारण के हो? हामी कसरी सही बाटोतर्फ फर्कन सक्छौं? यस भेट-वार्तामा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले शृङ्खलावद्ध सरोकार र प्रस्तावहरू ब्याख्या गर्नुभएको छ। 

हालको परिस्थितिमा, अमेरिकाले " रेलिंग" लाई सुदृढ गर्दा चीनप्रतिको आफ्नो प्रतिबद्धतालाई पूरा गर्नुलाई प्राथमिकता दिनुपर्छ। उदाहरणका लागि, अमेरिकाले "थाइवानको स्वतन्त्रता पक्षधर"को समर्थन नगर्ने वाचा गरेकोले एक चीन नीतिलाई छोड्नु हुँदैन र "थाइवान कार्ड" खेल्न बन्द गर्नुपर्छ। साथै, चीन र अमेरिकाका परराष्ट्र मन्त्रीहरू बीचको भेट-वार्तामा थप रचनात्मक अभिप्रायबारे मतैक्यता पनि छ। यी सबै कुरा चीन-अमेरिका सम्बन्ध सुधार गर्ने "ब्रेकथ्रु" हुन सक्छन्।

 

चीनसँग स्वस्थ सम्बन्ध विकास गर्न अमेरिकाले कहिल्यै पनि भन्ने एउटा र गर्ने अर्को गर्नुहुँदैन। इतिहासबाट लामो समयदेखि प्रमाणित भइरहेको छ कि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरू तथा मापदण्डको पालन गरे मात्र चीन-अमेरिका सम्बन्धको लागि वास्तविक " रेलिंग" खडा गर्न सकिन्छ।