जन्मजात मुटु रोग लागेका तिब्बती बालबालिकाको निःशूल्क उपचार
2022-07-10 18:45:00cri
Share with:

जुलाई ९ तारिख चीनको रेडक्रस र हनान प्रान्तीय चङचौ शहरको सातौं जनअस्पतालले तिब्बतमा पाँच दिने “एन्जल यात्रा- जन्मजात मुटु रोग लागेका बालबालिकाको सर्वेक्षण र उपचार शिविर” संचालन गरेका छन्। चिकित्सकहरूले शान नान शहर र छाङतु शहरका जिल्लाहरूमा जन्मजात मुटु रोग लागेका बालबालिकाको सर्वेक्षण कार्य गरे। शल्यक्रिया मापदण्डसित अनुकूल भएका पचास जना बालबालिकाले चङचौ शहरमा निःशूल्क उपचार लिने छन्।