अमेरिकी र बेलायती गुप्तचर एजेन्सीहरूले कसैलाई तर्साउन सक्दैनन्
2022-07-10 16:43:08CRI
Share with:

जुलाई ७ तारिख, चीन र जर्मनीले १० वटा व्यावसायिक सहयोगहरू लगायत लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमा संलग्न रकम लगभग २० करोड यूरो छ। चीनप्रति विदेशी लगानीकर्ताहरूलाई आशावादी लागेको यो अर्को प्रमाण हो र अघिल्लो दिनमा अमेरिका र बेलायती गुप्तचर एजेन्सीहरूले संयुक्त रूपमा पश्चिमा कम्पनीहरूलाई धम्की दिनेजस्तो हर्कतको उपहास पनि हो।

 

जुलाई ६ तारिख लण्डनमा आयोजित पत्रकार सम्मेलनमा, अमेरिकी एफबीआईका निर्देशक क्रिस्टोफर रे र बेलायती एमआई ५ का निर्देशक केन म्याकलमले संयुक्त रूपमा तथाकथित चेतावनी जारी गर्दै चीनले बौद्धिक सम्पदाको "आर्थिक जासुसी" र ह्याकिङ कार्यहरूमार्फत् पश्चिमी बौद्धिक सम्पदामा "लुट" गरिरहेको दाबी गर्नुभयो। यसो गर्दा, मुख्य उद्योगहरूमा प्रभुत्व जमाउने लक्ष्य चीनले गरेको आशंका पनि गर्नुभयो। साथै चीनलाई "सबैभन्दा ठूलो दीर्घकालीन धम्की" भनेर बदनाम गर्न खोज्नुभयो। सोही दिन, अमेरिकी गुप्तचर एजेन्सीहरूले अमेरिकी विभिन्न राज्य, स्थानीय सरकारी अधिकारीहरू र व्यापारिक नेताहरूलाई चीनलक्षित कथित ‘काउन्टर इन्टेलिजेन्स’ सूचना जारी गरे। 

चालू वर्ष अमेरिकी गुप्तचर एजेन्सीले आफ्ना बेलायती समकक्षीहरूलाई लिएर फेरि एक पटक आधारहीन नाटक गरेका छन्। यसो गर्नुको उद्देश्य चीनलाई तर्साउनु र चीन विरोधी भावनालाई उक्साउनुका साथै विश्वसँगको चीनको आर्थिक सहयोगलाई भङ्ग पार्नु हो। साथै चीनको नियन्त्रण गर्ने अमेरिकी सरकारको रणनीतिलाई सहयोग गर्न खोज्नु पनि हो। यस पटकको नाटक फेरि एक पटक असफल हुनेमा शंका छैन।

 

हालसम्म पश्चिमा प्रविधिको "चोरी" चीनले गरेको अमेरिकी गुप्तचर एजेन्सीको निन्दा सम्बन्धित कुनै प्रमाण देखाउन सकेको छैन। तापनि तिनीहरूले लगायत विश्वका धेरै देशहरूमा गरिरहेको आर्थिक जासूसी र ह्याकिंग अपरेसनहरू जारी रहिरहेका प्रमाणहरू बारम्बार भेटिएका छन्।"सबैभन्दा ठूलो दीर्घकालीन धम्की" को हो? यो स्पष्ट छैन र? 

चीनले सही र स्वस्थ प्रतिस्पर्धाको स्वागत गर्दछ र बेइमान शून्य-परिमाण खेलहरूको विरोध गर्दछ। तथ्यहरूले प्रमाणित गर्नेछ कि केवल चीनको बारेमा झूटहरू उक्साउने र सम्बन्ध बिगार्ने काम नै अमेरिका लगायत पश्चिमी संसारका लागि "वास्तविक धम्की" नै हो।