सी चिनफिङ र इटालीका राष्ट्रपति माटारेल्लाबीच “इटालीको उद्गम-प्राचीन रोम सभ्यता प्रदर्शनी”को उद्घाटन समारोहलाई बधाई सन्देश
2022-07-10 15:55:23CRI
Share with:

जुलाई १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र इटालीका राष्ट्रपति सेर्गियो माटारेल्लाले बेग्ला-बेग्लै रुपमा “इटालीको उद्गम-प्राचीन रोम सभ्यता प्रदर्शनी”को उद्घाटन समारोहलाई बधाई सन्देश पठाउनुभएको छ।

सी चिनफिङले “चीन-इटाली सँस्कृति तथा पर्यटन वर्ष”ले उक्त प्रदर्शनीलाई सुअवसरको रुपमा लिने भन्दै सभ्यताको आदान-प्रदानलाई अगाडि बढाउने र दुई मुलुकको सम्बन्ध विकासका लागि नयाँ जीवन्त शक्ति थपिदिने आशा व्यक्त गर्नुभयो।

इटालीका राष्ट्रपति माटारेल्लाले कोरोना भाइरस महामारीको पृष्ठभूमिमा इटालीले चीनमा “प्राचीन रोम सभ्यता प्रदर्शनी” र इटाली-चीन सँस्कृति तथा पर्यटन वर्षसम्बन्धी कार्यक्रमहरूको आयोजना गरेको कुराबाट दुई मुलुकको सम्बन्धमा गहिरो जग रहेको पुष्टि हुने बताउनुभयो।  

“इटालीको उदगम-प्राचीन रोम सभ्यता प्रदर्शनी” जुलाई १० तारिख पैचिङमा शुरु भएको हो।